मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाको राजनीतिक मार्गदर्शन ‘बहुलवादी लोकतान्त्रिक’

रास्वपाको राजनीतिक मार्गदर्शन ‘बहुलवादी लोकतान्त्रिक’

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको महोत्तरीको जलेश्वरमा जारी संयुक्त बैठकबाट पार्टीको मुख्य राजनीतिक मार्ग टुंगो लगाएको छ । अब रास्वपाको औपचारिक राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिकु हुनेछ ।

बैठकले पार्टीको मूल दस्तावेको प्रस्तावना पारित गरेको छ ।उक्त प्रस्तावनामा रास्वपाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येय रहेको उल्लेख छ ।

संयुक्त बैठकबाट बुधबार पारित दस्तावेजमा पार्टी ुबहुलवादी लोकतान्त्रिकु हुने उल्लेख छ । ुरास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो,ु रास्वपाको दस्तावेजमा भनिएको छ, ुयसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो ।ु

लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत(साधनको दीगो परिचालनको नीति लिने रास्वपाको दस्तावेजमा उल्लेख छ । उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु पर्यावरणीय सन्तुलन कायम राख्न पार्टी प्रतिबद्ध रहेको रास्वपाको भनाइ छ ।

रास्वपाले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक(सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानमा विश्वास गर्ने प्रस्तावनामा उल्लेख गरेको छ ।