मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभुमि महोत्सवः आज मन्त्री आचार्यले उद्घाटन गर्ने, विहान वृहत् प्रभातफेरि

बुद्धभुमि महोत्सवः आज मन्त्री आचार्यले उद्घाटन गर्ने, विहान वृहत् प्रभातफेरि

अपि टाइम्स

कपिलवस्तु । बुद्धभुमि नगरपालिकामा आजदेखि दोश्रो कृषि, उद्योग, तथा पर्यटन महोत्सव सुरु हुँदैछ । स्थानीय उतपादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा दिने उदेश्यले होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुको आयोजनामा हुने महोत्सवको नेपाल सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचायले दिउसो १ बजे उद्घाटन गर्ने कार्यक्रम छ । मन्त्री आचार्यले उद्घाटनका अवसरमा सम्बोधन पनि गर्ने छन् ।

उद्घाटन सत्रमा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठ लगायतको सहभागिता हुने छ । त्यसअघि महोत्सवलाई सफल बनाउन विहान ११ बजेदेखि ईलाका प्रहरी कार्यलय गोरुसिंगेदेखि बाजागाजा, झाँकीसहितको वृहत् प्रभातफेरि निकाल्ने आयोजकले जनाएका छन् । दुई दर्जनबढी संघसंस्थाको सहभागितामा साँस्कृतिक झाँकी निकालिने महासचिव पदम ढकालले जानकारी दिए । महोत्सवको आगामी मंसिर २४ गते समापन हुनेछ । डान्स आइडल, स्थानीय र राष्ट्रिय कलाकारको दैनिक प्रस्तुति, बाल उद्यान लगायत महोत्सवका आकर्षण छन् ।

संघका अध्यक्ष लेखनाथ घर्तीका अनुसार महोत्सवमा करिब १ करोडको कारोबार हुने र ७० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्नेछन् । उनले उद्घाटनमा सबैलाई सहभागिताको लागि आग्रह गरे ।