मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु महोत्सवः दर्जनौँ स्थानमा सिसिटिभी, ड्रोनबाट चार नम्बर क्षेत्रकै निगरानी

कपिलवस्तु महोत्सवः दर्जनौँ स्थानमा सिसिटिभी, ड्रोनबाट चार नम्बर क्षेत्रकै निगरानी

अपि टाइम्स

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सवको सुरक्षा व्यवस्था कडा हुने भएको छ । महोत्सव अवधिभर हुनसक्ने सुरक्षा चुनौतिलाई मधयनजर गर्दै ड्रोन क्यामेराबाटै निगरानी गरिने भएको हो । बाणगंगा वेयलफेयर सोसाइटीले आयोजना गर्ने महोत्सवलाई सफल पार्न बिभिन्न समिति उपसमितिले काम गरिरहेका छन् । यसै सन्दर्भमा शान्ति सुरक्षा समितिले पनि आफ्नो काम द्रुत ढंगबाट गरिरहेको छ ।

शान्ति सुरक्षा समिति संयोजकको जिम्मा पाएका राजन आलेका अनुसार कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीलाई असफल पार्ने, शान्ति सुरक्षामा खलल पुर्याउने खालका काम गर्ने तत्वको निगरानीको लागि महोत्सव स्थलमा दर्जनौँ ड्रोन क्यामेरा प्रयोग गरिने छ । ड्रोन संचालनको लागि अनुमति लिइएको बताउँदै ड्रोनबाट चार नम्बर क्षेत्रभरीकै निगरानी हुने उनले बताए । संयोजक आलेले अन्य शान्ति सुरक्षा तथा समन्वयको लागि ठुलो मात्रामा स्वयम सेवक पनि परिचालन गर्ने बताए । दर्जनौँ स्थान स्थानमा सिसिटिभी क्यामेरा पनि जडान गरिएको पनि उनले बताए ।

‘गेटदेखि मंचसम्म दर्जनौँ स्वयम् सेवक परिचालन हुन्छन्’ उनले थपे ‘महोत्सवस्थलभित्र स्टल धनीको लागि पनि विशेष सुरक्षा अपनाइको छ । नेपाल प्रहरी र शशष्त्र प्रहरी पनि बाक्लो संख्यामा परिचालन हुनेछन् । कुनै पनि अवाञ्छित गतिविधि महोत्सव स्थलमा हुने छैन । ढुक्क भएर आउन आग्रह गर्दछु ।’

निगरानी गर्दागर्दै पनि लुकिछिपी अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही हुने उनको दावी छ । महोत्सव मंसिर २१ देखि पुष १ गतेसम्म संचालन हुने छ । अहिले महोत्सवको तयारीको लागि धमाधम काम भइरहेको छ । महोत्सव संयोजक तथा वाणगंगा वेफफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाँणले करिब ५० प्रतिशत तयारी सकिएको बताए ।