मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तौलिहवा उद्योग बाणिज्य संघमा कुर्मीले ह्याट्रिक मार्दा, महासचिव जैसवाल

तौलिहवा उद्योग बाणिज्य संघमा कुर्मीले ह्याट्रिक मार्दा, महासचिव जैसवाल

अपि टाइम्स

कपिलवस्तु । तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा गयादिन कुर्मी ‘दिपु’ निर्वाचित भएका छन् । कुल खसेको १ हजार ८२ मध्ये ५ सय ८ मत प्राप्त गरि कुर्मी निर्वाचित भएका हुन् । बुधबार भएको संघको निर्वाचनको मतगणना बिहिबार साँझ सम्पन्न भएको हो ।

कुर्मीका प्रतिद्वन्द्वी धिरज कुमार गुप्ता (संजय)ले ३ सय ३८ मत र अर्का प्रत्याशी अर्जुन चापागाँईले २ सय २१ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजु कुमार श्रीवास्तवले जानकारी दिए ।

संघको बरिष्ठ उपाध्यक्षमा संदीप कुमार श्रीवास्तव र उपाध्यक्षमा अजय कुमार कशौधन निर्वाचित भएका छन् । श्रीवास्तवले ६ सय ७९ र कशौधनले ५ सय ३७ मत प्राप्त गरेका छन् । बरिष्ठ उपाध्यक्ष तर्फका प्रत्यासी अनन्त भारतीले ३ सय ६० र मोहम्मद जमा मुसलमानले ४ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रीवास्तवले बताए ।

संघको महासचिवमा चापागाई नेतृत्वको प्यानलका देवेस जैसवाल बिजयी भएका छन् । उनले ५ सय ६५ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी महासचिवका प्रत्यासी गिरजेश शरण चौधरीले ४ सय ६२ मत प्राप्त गरेका छन् ।

सचिवमा कुर्मी प्यानलकै बासुदेव बर्मा ”अजय’ बिजयी भएका छन् । उनले ६ सय ५२ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी सचिव पदका प्रत्यासी बीरेन्द्र कुमार गुप्ताले ३ सय ८३ मत प्राप्त गरेका छन् ।

संघको कोषाध्यक्षमा तीन जना बीचमा प्रतिस्पर्धा भएको थियो । जसमध्ये बृजेश भटरा बिजयी भएका छन् । स्वतन्त्र तवरले लडेका भटराले ३ सय ८८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नसीरुद्धिन गौरीले ३ सय ७० मत प्राप्त गरेका छन् भने चन्द्रशेखर गुप्ता ‘९’चिन्टु’०’ले २ सय ७० मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा चापागाई प्यानलकी प्रिती अग्रहरी बिजयी भएकी छिन् । उनले ५ सय ४२ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी कनिज फातमा रंगरेजले ४ सय ८२ मत प्राप्त गरेकी छिन् ।

सदस्य पदमा कुर्मी प्यानलकै बृज बिहारी कुर्मी, पशुपति प्रसाद तेली, देवेन्द्र गुप्ता, सुनिल पाठक र चापागाई प्यानलका सुनिल कुमार गुप्ता कशौधन बिजयी भएका छन् ।

तेस्रोपटक ह्याट्रिक मारेका नवनिर्वाचित अध्यक्ष गयादीन कुर्मी ‘दिपु’ ले सबै उद्योगी, ब्यवसायीलाई समेटेर लैजाने बताए । निर्वाचनमा एउटाको जीत र अर्कोको पराजय हुने भएकोले आफूले सामान्य रुपमा लिएको बताउँदै अध्यक्षका प्रत्यासीको भावनाको कदर गर्दै तौलिहवा उद्योग बाणिज्य संघमा काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।