मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमि महोत्सवको पहिलो दिनमै खचाखच दर्शक, आयोजक उत्साहित

बुद्धभूमि महोत्सवको पहिलो दिनमै खचाखच दर्शक, आयोजक उत्साहित

अपि टाइम्स

बुद्धभूमि । दोश्रो कृषि, उद्योग, तथा पर्यटन महोत्सवको पहिलो दिनमै दर्शकको बाक्लो सहभागिता भएको छ । स्थानीय उत्पादनको प्रचार, प्रसार र प्रवद्धनमा टेवा दिने उदेश्यले होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले विहिबारबाट सुरु गरेको महोत्सवमा ठाउँठाउँबाट दर्शकको सहभागिता रहेको थियो । महासचिव पदम ढकालले पहिलोदिनको जनसहभागिताले आफूहरुको हौसला बढेको बताए ।

उनले भने ‘सोँचेभन्दा बढी दर्शकको सहभागिता रह्यो उद्घाटनमा । बुद्धभूमिबासीले यतिधेरै माया गर्नुभयो कि हामीले यस्तो भव्यताको आशा गरेका थिएनौँ । पहिलोदिनले महोत्सव सफल हुनेमा थप विशवास थपेको छ ।’

स्थानीय उत्पादन र ब्यापारको प्रवद्धनको लागि सुरु भएको महोत्सवको नेपाल सरकारका महिला बालबालिका तथा समाज कल्याण मन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री आचार्यले स्थानीय कला संस्कृति र पर्यटनको संरक्षण संवद्धन गर्न महोत्सव सफल हुने विश्वास ब्यक्त गरे ।

पहिलो दिनको सहभागिताबाट आफू पनि खुसी भएको बताउँदै आफूले पनि सहयोग गर्ने बताए । यस्तै बुद्धभूमि नगरपालिकाका नगरप्रमुख तथा विशिष्ट अतिथि केशव कुमार श्रेष्ठले पनि स्थानीय कला, संस्कृति र ब्यापार प्रवद्धनमा महोत्सव महत्वपूर्ण भएको बताएका थिए ।

महोत्सव संयोजक तथा संघका अध्यक्ष लेखनाथ घर्तीले पहिलो दिनमा दर्शकले दिएको माया बिर्सन नसक्ने बताए । महोत्सवको अध्यक्षता गरेका उनले अन्तिमसममै सबैको सहयोग हुने विश्वास ब्यक्त गरे । महोत्सव मङ्सिर १४ देखि २४ गते सम्म संचालन हुदै छ।