मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगा यातायात ब्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्म, अरु कोको चुनिए ?

वाणगंगा यातायात ब्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्म, अरु कोको चुनिए ?

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा यातायात व्यवसायी समितिको अध्यक्षमा लक्ष्मण भुसाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्मपन्न भएको संघको १७ औं वार्षिक साधारणसभा तथा ९ औं अधिवेशनले भुसालको अध्यक्षतामा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।

३ वर्षका लागि चयन भएको नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा यदा क्षेत्री (राजकुमार), उपाध्यक्षमा चित्र बहादुर थापा, कृष्ण बहादुर कार्की, प्रदीप बिसी, महासचिवमा कमल बहादुर क्षेत्री, सचिवमा केशवराज भट्टराई र कोषाध्यक्षमा तोरन बहादुर थापा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै समितिको सदस्यमा राजु बस्नेत, कृष्णप्रसाद चालिसे, बेदराज अधिकारी, दिपकुमार थापा, मधु खनाल, कमल खनाल र दीपकचन्द्र बेलबासे चयन भएका बताइएको छ । समितिको लेखा संयोजकमा नेत्र प्रसाद पौडेल चयन भएका छन् ।

समितिको १५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनबाट दोश्रोपटक अध्यक्ष भएका विष्णु प्रसाद न्यौपानेले छोडेपछि सर्वसम्मत चयन गर्न सजिलो भएको श्रोत बताउँछ । न्यौपानेले पनि चुनाव नगराई सर्वसम्मत चयन गर्नुपर्ने बताउँदै आएका थिए ।