मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने

समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने

अपि टाइम्स

काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् । ।

निर्वाचन आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचनमा गत आम निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार भई बन्दसूचीमा नाम समावेश रहेका व्यक्तिहरु उम्मेदवार बन्न नपाउने जनाएको हो

आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र सोही दफाहरूको उपदफा ९१० को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने बताए ।

उनले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट निर्वाचन कार्यक्रम स्वीकृत भएको समेत जानकारी दिए । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछ र सोही दिन अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ । मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुनेछ ।

त्यस्तै, पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने, सोही दिन दिउसो २ अन्तिम नामावली प्रकाशन गरिने छ ।