मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दोः ओली

आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दोः ओली

अपि टाइम्स

काठमाडौँ । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्यपहाडी लोकमार्गमा चलिरहेको एमालेको अभियानका क्रमममा अछाम पुगेका ओलीले आईतबार विनायकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको उल्लेख गरे । आफू सरकारमा रहादा यस्ता कुरालाई हतोत्साही गरेको दाबी गरे ।

‘२०७९ साल जेठ १७ गते विनोद साह जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । यो कुरा हामी माथि पनि र संसदमा पनि भनिरहेका छौुं उनले भने ।

एमाले सरकारमा रहँदा यस्ता कुरा हुन नपाउन‍े ओलीको दाबी छ । ुजब हामी सरकारबाट हट्छौं तब विभिन्न हत्या, हिंसाका सिलसिला सुरु हुन्छ, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ । अहिलेको सरकारले हत्याराहरुलाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वश्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिन पाउँदैनौ, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ । म विनोद साहीलाई सहिदको रुपमा घोषणा गर्दछु ’ ओलीले भने ।