मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीले भने ‘मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छैन’

प्रधानमन्त्रीले भने ‘मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छैन’

अपि टाइम्स

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीहरुले मन्त्रिपरिषद् पुनर्गठनबारे सोधेका थिए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको बताए । ‘सरकार गठन भएको बेलादेखि नै को हट्ने, गृहमन्त्री हट्ने चर्चा चल्ने गरेको छ’, उनले भने, ‘अहिले कुनै त्यस्तो छलफल छैन, सोचिएको पनि छैन ।’

आफू प्रधानमन्त्री भएको र आफ्नो दिमागमा मन्त्रिपरिषद् पुनगर्ठनबारे सोच नभएको भन्दै उनले अगाडि भने, ‘यो सबै हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन ।’