मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ?

डर दिमागबाट हुने भए पनि छाती र मुटुमा किन महसुस हुन्छ?

अपि टाइम्स

काठमाडौँ । डर लाग्नु प्राकृतिक प्रक्रिया हो, मात्र कसैलाई धेरै लाग्छ त कसैलाई कम । डर मस्तिष्कबाट सुरु हुन्छ, तर महसुस छाती, पेट र मुटुमा किन हुन्छ भन्ने प्रश्न उब्जिन सक्छ ।

डर लाग्दा मुटु ढुकढुक हुनु र पेट पोल्नु सामान्य हो । कुनै पनि कारणले डर लाग्दा वा मानसिक समस्या हुँदा तुरुन्तै दिइने प्रतिक्रिया हो । यसको लागि कुनै औषधिको सेवन गर्नु पर्दैन । डर लागेको केही मिनेटमा आफैं निको हुन्छ ।

किन हुन्छ ?

डर लाग्दा दिमागमा रक्तसञ्चार बढ्छ भने पेटमा रक्तसञ्चार प्रवाह कम हुन्छ । जसले गर्दा पेट पोल्ने वा दुखेको जस्तो महसुस हुन्छ । डर लागेको बेलामा सिम्प्याथेटिक एक्टिभेसन ९सहानुभूतिशील सक्रियता० हुन्छ । यसले गर्दा मुटुमा रक्तप्रवाह वृद्धि हुन्छ र मुटुको ढुकढुकी बढ्छ । खासगरी यो दिमागमा भएको एउटा महत्वपूर्ण अंग एमिग्डालाका कारण हुन्छ ।

एमिग्डाला के हो र र कसरी काम गर्छ ?

एमिग्डाला स्नायु कोषिकाहरु मिलेर बनेको बदाम आकारको दिमाग रहेको एक अंग हो । जसले दिमागमा हुने भावनात्मक र आवेगलाई नियन्त्रण गर्ने काम गर्छ । डर लागेको बेला एमिग्डाला सक्रिय भएको हुन्छ । यसले कुन परिस्थितिमा कसरी व्यवहार गर्ने वा प्रतिक्रिया दिने भनेर निर्णय गर्छ । त्यही निर्णयको आधारमा मान्छेले प्रतिक्रिया दिन्छ । डर लागेको बेला पनि यही एमिग्डालाको निर्णय अनुसार नै प्रतिक्रिया दिएको हुन्छ ।

कुनै तीव्र घटनाका कारण डर लागेको छ भने मुटुको ढुकढुकी बढ्ने, पसिना आउने र पेट दुख्ने हुन्छ । तर मानसिक समस्या वा बिरामी भएको बेला एमिग्डाला सक्रिय हुँदैन र डर लाग्ने पनि कम हुन्छ ।

उपचार र रोकथाम

कुनै भयानक कुरामा डर लाग्नु त स्वभाविक नै हो, तर सामान्य उचाइमा जान, गाडी चढ्न, एक्लै बस्न डर लाग्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । यसका लागि आत्मबल बलियो बनाउनुको विकल्प रहँदैन । डर भनेको केही होइन भनेर आफूलाई आफैंलाई सम्झाउनुपर्छ ।

लगातार डर लागिरहन्छ भने मानसिक समस्याका कारण पनि हुन सक्छ । यस्तो अवस्थामा मानसिक चिकित्सकलाई जाँच गराउने वा परामर्श लिई औषधि सेवन गर्न सकिन्छ । अनलाइनखबरबाट