मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपचारत पत्रकार केसीको लागि अमेरिकाबाट १ लाख बढी सहयोग

उपचारत पत्रकार केसीको लागि अमेरिकाबाट १ लाख बढी सहयोग

अपि टाइम्स

कपिलवस्तु । ब्लड क्यान्सर पीडित कपिलवस्तुका पत्रकार दिपक कुवँर ‘केसी’ को उपचारको लागि सहयोग संकलन हुने क्रम जारी छ ।

देशविदेशबाट सहयोग आउने क्रममा अमेरिका रहेका नेपालीहरुले पनि सहयोग पठाएका छन् । नेपाल पत्रकार महासघं कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्यको पहलमा १ लाख १ हजार सहयोग प्राप्त भएको हो ।

अमेरिका बसोबास गर्ने धुर्व सिंह सिलवालले ५१ डलर, ज्योती सिंह सिलवालले ५१ डलर, प्रविन खड्काबाट ५१ डलर, रोसन खड्का ५१ डलर, विश्व कर्ण १०१ डलर, असोज श्रेष्ठ १०१ डलर, डिम्पल श्रेष्ठ १०१ डलर, विशाल श्रेष्ठ १०१ डलर,पवन अर्याल ५० डलर, सरोज घिमिरे ५१ डलर, नरोत्तम बहादुर श्रेष्ठ ५१ डलर, राधा देवि सिलवाल ५८ डलर सहयोग रकम संकलन गरि पत्रकार महासघं बज्राचार्यको खातामा पठाएका थिए।

बज्राचार्यले चन्द्रौटाका पत्रकार सनिउल्ला धोबीलाई रकम हस्तान्तरण गरेका थिए । त्यसपछि सहयोग रकम पत्रकार केसीककै खातामा जम्मा गरिएको थियो ।

ब्लड क्यान्सरपीडित केसीको भारतको एक अस्पतालमा उपचार भइरहेको छ । उपचारको लागि सहयोग पठाउने सबैलाई पीडित केसी र अध्यक्ष बज्राचार्यले त्रन्यबाद दिएका छन् । केसीको उपचारमा अझै पनि मोटो रकम आवश्यकता परेकाले सहयोग गर्न अध्यक्ष बज्राचार्यले देशविदेशमा रहेका सबैलाई आग्रह गरे ।