मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोश्रो बुद्धभूमि महोत्सवमा आज प्रिती आले आउँदै

दोश्रो बुद्धभूमि महोत्सवमा आज प्रिती आले आउँदै

अपि टाइम्स

कपिलवस्तु । बुद्धभुमि नगरपालिकाको वडा नम्बर २ गोरुसिंगेमा जारी दोश्रो बुद्धभूमि महोत्सव तथा कृषि र पर्यटन प्रदर्शनीमा आज चर्चित राष्ट्रिय तथा दोहोरी गायिका प्रिती आले आउने भएकी छन् । होटेल तथा रेष्टुरेन्ट ब्यवसायी संघ कपिलवस्तुले मंसिर १४ गतेदेखि सुरु गरेको महोत्सवको छैठौँ दिन आले लगायतका कलाकारको प्रस्तुति रहेको आयोजकले जनाएका छन् । साँझ करिब ५ बजेतिर मञ्च चढ्ने आलेले करिब डेढ घण्टा प्रस्तुति दिने बताइएको छ । उनी प्रकाश सपुतसंग दोहोरी ब्याटल गाएर पनि चर्चामा छन् । उनका धेरै चर्चित गीतहरु छन् ।

हिजो सोमबार एलिना चौहन लगायतका कलाकारले नचाएका थिए । महोतसवमा अहिले दिनप्रतिदिन दर्शकहरुको संख्या बढ्ने क्रम जारी छ । कलाकारको प्रस्तुतिसंगै महोत्सवमा राखिएका स्थानीय कला, संस्कृति, स्थानीय कृषि उत्पादनका वस्तु र स्थानीय परिकारका कारण दर्शकको भीँड बढेको संघका अध्यक्ष तथा महोत्सवका संयोजक लेखनाथ घर्ती र महासचिव पदम ढकालको दावी छ । महोत्सव हेर्न छिमेकी जिल्लाबाट पनि दर्शकहरु आएका उनीहरुले बताए ।

महोत्सवमा स्थानीय थारु जातिको संस्कृति, पहिचना र खानपान विशेष रुपमा देख्न पाइन्छ । थारु जातिको आफ्नै संस्कृति झल्कने खालको चिटिक्कका घर पनि बनाईको छ । त्यसभित्र र बाहिर थारु जातिका बिभिन्न पहिचान देख्न पाइन्छ भने खानेकुरा पनि खान पाइन्छ । बुद्धभूमिमै उत्पादन भएका कृषि बाली, ग्लोबल डेरीका उत्पादन लगायतलाई पनि दर्शकले मन पराएका आयोजक बताउँछ । यस्तै रोटे पीङ, बाल उद्यान, डान्स आइडल लगायतका गतिविधि पनि महोत्सवका सहायक आकर्षणका रुपमा देखिन्छन् ।

करिब ७० हजार दर्शकले मेला भर्ने र १ करोड बराबरको आर्थिक आम्दानी हुने आयोजकको लक्ष्य छ । महोत्सव मंसिर २४ गते सकिने छ । बुद्धभूमि नगरपालिका, बुद्धभूमि उद्योग बाणिज्य संघ, बुद्धभूमि व्यापार संघले सहयोग गरेको महोत्सवमा ग्लोवल डेरी प्राली मुख्य प्रायोजक छ ।