मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निशुल्क आँखा शिविरबाट कपिलवस्तुका ५ सय जना लाभान्वित

निशुल्क आँखा शिविरबाट कपिलवस्तुका ५ सय जना लाभान्वित

अपि टाइम्स

कपिलवस्तु । निशुल्क आँखा शिविरबाट कपिलवस्तुको तौलिहवाका ५ सय जना लाभान्वित भएका छन् । रोयल थाई मोनाष्ट्री लुम्बिनी र स्वर्णभूमि फाउण्डेशन तथा वाट थाई निग्रोधराम, लायन्स क्लब प्राचीन कपिलवस्तुको सहयोगमा सोमबार आयोजित शिविरबाट उनीहरू लाभान्वित भएका हुन् ।

विगत लामो समयदेखि सामाजिक सचेतिकरण तथा सेवालाई निरन्तरता दिँदै आएको रोयल थाई मोनाष्ट्री लुम्बिनीले बुद्ध स्थल निग्रोधराम ९कुदान०मा निशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ ।

शिविर सञ्चालन संयोजक राजेश ज्ञवालीका अनुसार शिविरबाट ५ सय स्थानीय लाभान्वित भएका छन् । उनीहरू मध्ये एकसय ५० जनालाई मोतियाबिन्दुको अप्रेसनका लागि लुम्बिनी पठाईने बताइएको छ ।

निशुल्क आँखा शिविरबाट पाँचसय जनाले आँखा सम्बन्धी स्वास्थ्य सेवा लिएका डाक्टर नामखेम लामाले बताए । आँखा शरीरको महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको उनको भनाई छ।

स्वास्थ्य उपचारका शिविर गाउँगाउँमा सञ्चालन गरिए ग्रामीण भेगका सर्वसाधारणलाई ठूलो राहत पुगेको र प्रत्यक्ष लाभ लिइरहेको संयोजक ज्ञवालीले बताए ।