मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु महोत्सवमा आज पनि रेस्लिङ, डेथ म्याचमा लेडी ड्रयागन

कपिलवस्तु महोत्सवमा आज पनि रेस्लिङ, डेथ म्याचमा लेडी ड्रयागन

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा आगामी मंसिर २१ गतेदेखि पौष १ गतेसम्म हुन लागेको १४ औं कपिलवस्तु महोत्सव, कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा आज रेस्लिङको हार्ड कोर म्याच हुने भएको छ ।

बुद्ध रंगशालामा हिजो पनि रेस्लिङ भएकोमा आज पनि रेस्लिङ हुने भएको हो । आज नेपालकै चर्चित तथा नेपालको नम्बर वान हार्ड कोड च्याम्पियन मुना श्रेष्ठ (ड्यागन लेडी) भीँड्नेछिन् । उनको प्रतिस्पर्धा भारतका रेस्लरसंग हुने छ । त्यसअघि नेपाल र भारतका खेलाडीका बिभिन्न खेल हुनेछन् ।

आज साढे २ घण्टा ४ फाइट हुने बताइएको छ । हिजो भएको खेलबाट धेरै दर्शक प्रभावित भएका छन् । कतिपय दर्शक वनभोज छोडेरै आएका थिए । महोत्सवमा रेस्लिङ हुने भएपछि लुम्बिनी प्रदेशमै यसको चर्चा भएको छ । यस्तै रामजि खाँण, अनु चौधरी लगायतको पनि प्रस्तुति हुने आयोजक बताउँछन् ।

साथमा महोत्सवमा कृषि, हस्तकला, प्रविधि, पर्यटन, दैनिक उपभोग्य सामाग्री तथा लत्ता कपडा आदिको प्रदर्शनी, डान्स आइड, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति रहने बताइएको छ । करिब ३ सय स्टल रहने महोत्सवको तयारी धमाधम भइरहेको छ ।