मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु महोत्सवः कलाकारतर्फ आजको मुख्य आकर्षणमा रामजी खाँण र चौधरी

कपिलवस्तु महोत्सवः कलाकारतर्फ आजको मुख्य आकर्षणमा रामजी खाँण र चौधरी

अपि टाइम्स

बुद्धरंगशाला । बाणगंगा वयलफेयर सोसाइटीको आयोजनामा बिहीबारबाट सुरु भएको १४ औ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीकोतेश्रो दिन आज पनि बिभिन्न प्रस्तुति रहने भएका छन् ।

शुक्रबार ४ हजार बढी दर्शकले अवलोकन गरेको महोत्सवमा शनिबारको समयलाई लिएर रेस्लिङ, सांस्कृतिक कार्यक्रम पनि छन् । आज रेसलिङ्गका तीनवटा खेल हुनेछन् ।

सांगितिक कार्यक्रमतर्फ लोक दोहोरी गायक रामजी खाँण, अस्मिता डल्लकोटी, अनु चौधरी, अफसर अलीसँगै स्थानीय कलाकारहरुको प्रस्तुति रहनेछ । महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेका छन् ।