मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेनको काँधमा पुग्यो वन पैदावार कपिलवस्तु, समितिमा कोको परे ?

सेनको काँधमा पुग्यो वन पैदावार कपिलवस्तु, समितिमा कोको परे ?

अपि टाइम्स

कपिलवस्तु । नेपाल वन पैदावार उद्योग व्यवसायी सघं कपिलवस्तुको अध्यक्षमा रनेन्द्र सेन निर्वाचित भएका छन् । संघको चौथो अधिवेशन तथा छैंठौं साधारण सभाबाट सेनको अध्यक्षतामा १६ सदस्यीय समिति बनेको छ ।

जसको बरिष्ठ उपाध्यक्षमा नुर मोहम्मद खाँ, बाणिज्य तर्फ उपाध्यक्षमा सुरेन्द्र पाण्डे, उद्योग तर्फ उपाध्यक्षमा कृष्णमान कोजु, महा–सचिवमा कल्याण टण्डन, सचिवमा नारायण थापा, सह–सचिवमा तिलक प्रसाद गैरे, कोषाध्यक्षमा उमलाल अर्याल, सह–कोषाध्यक्षमा संजय राय लगायत १६ सदस्यीय समिति निर्वाचित भएको हो ।

अध्यक्षमा निर्वाचित भए संगै अध्यक्ष सेनले काष्ठ व्यवसायीहरुको भावना बुझेर संघलाई अगाडि बढाउने बताए । उनले अध्यक्षमा निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा रचनात्मक र सृजनात्मक सल्लाह सुझावको अपेक्षा रहेको बताए ।