मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी एउटै जितले सेमिफाइनलमा पुग्न सक्छ नेपाल

यसरी एउटै जितले सेमिफाइनलमा पुग्न सक्छ नेपाल

अपि टाइम्स

काठमाडौं । नेपाली युवा टोली युएईमा जारी एसिसी यू–१९ एसिया कपमा सुरुवाती दुई खेलमा पाकिस्तान र अफगानिस्तानसँग पराजित भएको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । दुबै खेलमा नेपालको ब्याटिङ अपेक्षा अनुसार रहेन ।

सिनियर टोलीबाट खेलेका देव खनाल र गुलशन झाको ब्याटिङ नचलेपछि नेपाल समस्यामा परेको हो । सुरुवाती दुई हारले नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । तर नेपाल प्रतियोगितामा सेमिफाइनल दौडबाट बाहिरिएको भने छैन । नेपाल २ अंकका साथ सेमिफाइनल खेल्ने समिकरण बाँकी नै छ ।

पाकिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । भारत २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ । अफगानिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।

नेपाल सेमिफाइनल खेल्ने सम्भावना नेटरनरेट हो । पाकिस्तानलाई नेपालले पछि पार्न सक्दैन । त्यसैले नेपाल अव भारत र अफगानिस्तानलाई पछि पार्दै सेमिफाइनलमा पुग्ने समिकरण जीवितै छ । त्यसको लागि सबैभन्दा पहिला नेपालले मंगलबार भारतमाथि विशाल जित हात पार्नुपर्छ । विशाल जित हात पार्दा कम्तिमा भारतलाई नेटरनरेटमा पछि पार्नुपर्ने हुन्छ ।

नेपालको नेटरनरेट माइनस २।०२४, भारतको ०।४५४ र अफगानिस्तान ०।२०३ छ । अर्कोतर्फ मंगलबार हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराउनुपर्छ । पाकिस्तानले पनि अफगानिस्तानलाई फराकिलो अन्तरले हराउनुपर्छ । जसले गर्दा नेपाल, भारत र अफगानिस्तानको अंक २–२ हुनेछ ।

समान अंक हुँदा नेपाल नेटरनरेटमा माथि रहँदै सेमिफाइनलमा पुग्न सक्छ । भारतमाथिको फराकिलो जित सेमिफाइनल खेल्न पर्याप्त हुनसक्छ । पाकिस्तानले भारतलाई ८ विकेटले हराएपछि नेपाललाई पनि फाइदा भएको हो ।