मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाणगंगाकै बेइज्जत हुने गरी चार नम्बर चोकमा कसले गर्यो यस्तो फोहर ?

वाणगंगाकै बेइज्जत हुने गरी चार नम्बर चोकमा कसले गर्यो यस्तो फोहर ?

अपि टाइम्स

कपिलवस्तु । वाणगंगा नगरपालिकाको वडा नम्बर १ चार नम्बर चोकमा अज्ञात समुहले फोहर गरेको छ । केहिदिनअघि चोकमा फोहर गरेकोमा ४ । ५ दिन हुँदासम्म पनि त्यहाँ सफाइ हुन सकेको छैन । नगरपालिकाको फोहरको गाडी डुलिरहे पनि त्यो फोहर अहिलेसम्म उठाउन सकेको देखिँदैन ।

समयमै सफाइ नभएपछि फोहर र कागजका टुक्रा त्यहिँ टाँसिएका छन् भने यताउता छरिएर सुन्दरता नै बिग्रेको छ । बिभिन्न कार्यक्रम हुने र सबैको आँखा पर्ने स्थानमा बिभिन्न कागज, प्लाष्टिक, कपडाका टुक्रा र मदिराको बोतल पनि देखिन्छ । एक स्थानीयले त्यहाँ मंसिर २१ गते राति फोहर भएको हुन सक्ने बताए । फोहरपछि चार नम्बरकै सुन्दरता बिग्रेको एक स्थानीयले बताए । फोहर भएको यतिका दिन हुँदासम्म पनि कसले फोहर गर्यो कसैले पनि खोजि नगरेको स्थानीयको भनाई छ ।
फोहर उठाउन नत त्यहाँका सर्वसाधारण कस्सिए नत नगर नै कस्सिएको देखियो उनले भने सार्वजनिक रुपमा त्यति धेरै फोहर देखेर पनि कसैले सफाई गरेनन् । यसले वाणगंगाको चेतनाको तहलाई उजागर गरेको छ । नगरपालिकाकै बेइज्त भएको छ, बुटवल जान लागेका एक जना यात्रुले अपिटाइम्सलाई भने । उक्त स्थान भएर दैनिक सयौँ यात्रु र सवारी साधन आवतजावत हुने गर्दछन् ।