मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वमुल्यांकन नतिजामा बुद्धभूमि मुलुकका ७५३ पालिकामै पहिलो

स्वमुल्यांकन नतिजामा बुद्धभूमि मुलुकका ७५३ पालिकामै पहिलो

अपि टाइम्स

कपिलवस्तु । स्वमुल्याङ्कन नतिजामा कपिलवस्तुको बुद्धभूमि नगरपालिका मुलुकमै पहिलो नगरपालिका बनेको छ । मुलुकभरका ७५३ स्थानीय तहले गत आर्थिक बर्षमा गरेको कामको मुल्याङकन पौष मसान्तभित्र स्वमुल्याङकनको रुपमा नतिजा पठाउनुपर्ने संवैधानिक नियम छ ।

त्यसैमा टेकेर बुद्धभूमि नगरपालिकाले आ.व. ०७९०८० स्वमुल्याङकन ८० मंसिर २७ गते सार्वजनिक गरेर मुलुकमै पहिलो पालिका भएको जिल्ला समन्वय समिति कपिलवस्तुले जनाएको छ । सार्वजनिक भएको स्वमुल्यांकनमा बुद्धभूमिले बिगतको नतिजामा सुधार गर्दै ८१ अंक प्राप्त गरेको समन्वय समितिले जानकारी दिएको छ ।

नतिजा सार्वजनिक भएपछि नगरप्रमुख केशव कुमार श्रेष्ठले खुसी ब्यक्त गरेका छन् । अपिटाइम्ससंग कुराकानी गर्दै नगरप्रमुख श्रेष्ठले हरेक काम आफूहरुले समयमा नै गर्ने गरेको बताए । स्वमुलयांकन पनि समयमै पठाएको तर पहिलो हुने ठानेर नपठाएको जनाउँदै नगरप्रमुख श्रेष्ठले मुलुकमै यसरी प्रथम हुन पाउँदा नगरको सबै टिम खुसी रहेको जनाए ।

विगतमाभन्दा यसपटक नगरमा धेरै राम्रा काम हुँदै गइरहेको बताउँदै नगरप्रमुख श्रेष्ठले आगामी ३ बर्षभित्र नगरपालिकालाई धेरै कुरामा विकास गर्ने बताए । जिल्लाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा राम्रो काम गरेको पालिकाको रुपमा बुद्धभूमि नगरपालिका रहँदै आएको छ ।