मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानै भए पनि बुद्धभूमिको खेल मैदानमा प्याराफिट, विद्यार्थी भए खुसी

सानै भए पनि बुद्धभूमिको खेल मैदानमा प्याराफिट, विद्यार्थी भए खुसी

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले नगरका खेल मैदानमा प्याराफिट निर्माणको सुरुवात गरेको छ । वडा नम्बर १ स्थित नर्शरी खेल मैदानबाट प्याराफिट निर्माणको कार्य सुरु गरेको हो । यहि मैदानमा बनेको प्याराफिटबाट विहिबार नगर प्रमुख केशव कुमार श्रेष्ठ र दर्शकले ७ औँ मेयरकपको उद्घाटन खेल अवलोकन गरेका थिए । प्याराफिटको माथि स्टेज बनाउने ठाउँ छ भने भित्र खेलाडीले ड्रेसिङ गर्ने ठाउँ बनाइदैछ । जिल्लाका अरु स्थानीय तहले अझै यस्तो सुरुवात गर्न सकेका छैनन् । बुद्धभूमिले गरेको यस सुरुवातलाई त्यहाँका खेल प्रेमीले निकै राम्रो सुरुवात भएको बताए ।

त्यहि प्याराफिटबाट खेल अवलोकन गर्दा मेयर श्रेष्ठ र विद्यार्थीहरु दङ्ग देखिन्थे । मेयर श्रेष्ठले अब नगरका महत्वपूर्ण खेल मैदानमा विस्तारै प्याराफिट बनाउने जानकारी दिएका छन् । नर्शरी खेल मैदानबाट सानो सुरुवात मात्र गरेको उनको भनाई छ । उनले भने ‘यो सानो सुरुवात हो । धेरै गर्न बाँकी छ । नर्शरी मैदानमा थप प्याराफिट निर्माण गरिने छ ।’

केहि समयअघि बनेको खेल मैदानमा स्थानीयस्तरका खेल भइरहेका छन् । मेयर श्रेष्ठले नगरको कुनै एक खेल मैदानलाई राष्ट्रियस्तरको बनाउने र अरु मैदानलाई पनि स्तरउन्नति गर्ने दावी गरे ।

खेल आएका विद्यार्थी, दर्शक र स्थानीयले पनि प्याराफिटबाट खेल हेर्न पाउँदा खुसी लागेको बताए ।
पहिलो दिनको खेलमा वडा नम्बर ९ र ५ ले प्रतिस्पर्धा गरेका थिए ।