मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु महोत्सवमा आएका प्रकाश दुतराजलाई कसले दियो यस्तो उपहार ?

कपिलवस्तु महोत्सवमा आएका प्रकाश दुतराजलाई कसले दियो यस्तो उपहार ?

अपि टाइम्स

बाणगंगा । १४ औँ कपिलवस्तु महोत्सवको आठौँ दिनमा बुद्ध रंगशालामा प्रस्तुतिमा थिए चर्चित गायक प्रकाश दुतराज । साँझ अँध्यारो भएको बेलामा मञ्च चढेका दुतराजले आफ्ना हिट गीतहरु गाए । रिमै गीतले पछिल्लो समय औधी चर्चामा रहेका दुतराजलाई भेट गर्न भनी उनका सयौँ फ्यान महोत्सव स्थलमा पुगेका थिए । करिब १ घण्टा उनले दर्शकको फर्माइसअनुसार गीत गाइरहे ।उनको गायनमा हजारौँ दर्शक झुमिरहेका थिए ।

त्यसैक्रममा दर्शक दीर्घामा रहेकी एक जना युवती एक्कासी मञ्च चढिन् र गायनमा मग्न दुतराजलाई मायाको चिनो र गुलाफको फुल दिइन् । फ्रेममा प्रकाश दुतराजको राम्रो फोटो फ्रेमिङ गरिएको थियो । अकस्मात उपहार लिएर आएकी युवतीलाई देखेपछि दुतराज पनि छक्क परे । उनले मायाले दिएको उपहारलाई चुम्म गर्दै एक छेउमा राखेर फेरि गीत गाउनतिर लागे । उनले यो मायाको लागि कपिलवस्तु र युवतीलाई धन्यबाद दिए । तर ती युवती को थिइन् कसैले पनि ठम्याउन सकेनन् । लामो कपाल पालेकी युवती गहुँ गोरो वर्णकी थिइन् ।

उनले ठुलो हुडी र कालो पाइन्ट लगाएकी थिइन् । दर्शकहरु पनि अचम्ममा परेका थिए त्यो दृश्यले । गायनको अन्तिमतिर गायक प्रकाशले फेरि उक्त तस्वीरसहित उपहार दर्शकलाई देखाउँदै यो सबै कपिलवस्तुबासीको भएको बताए । उनले आफूलाई मायाको उपहार दिने युवतीलाई पनि धन्यबाद दिए ।
आफूलाई मायागरी उपहार दिने युवतिसंग भेट गर्न इच्छुक रहेको उनले अपिटाइम्सलाई बताए । उसो त गायक दुतराज अहिले युवापुस्तामा सर्वाधक चर्चामा छन् । दुतराजले भने ‘बुबाआमा, केटा साथीसंगै कैयौँ केटी साथी फ्यान रहेका छन् । देशविदेश जताजाँदा पनि उनले यस्ता धेरै उपहारहरु पाउने गर्दछन् । यस्तो हुँदा धेरै गर्वको अनुभुति हुन्छ । ।’