मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीका भरत शाहको मृत्यु

तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीका भरत शाहको मृत्यु

अपि टाइम्स

धनगढी । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका १ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ । परिवारले शुक्रबार उनको मृत्यु भएको खबर पाएका हुन् ।

रुसी सेनामा कार्यरत टीकापुरका भरत शाहको मृत्यु
मृत्युको खबर पाएदेखि विक्षिप्त अवस्थामा रहेका उनका बुवा आमा र श्रीमतीले आफन्तजनको सरसल्लाहमा आइतबार कुसको शव बनाएर स्थानीय परम्पराअनुसार टीकापुरस्थित दौलतपुर घाटमा अन्तिम संस्कार गरेका छन् ।

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी दिइसकेको छैन ।

मृतक शाहका भाई मंगल शाहले भने, ‘उनीसँगै कार्यरत सहकर्मीबाट शुक्रबार मृत्युको खबर पाएका हौं । शव आउने रनआउनेसमेत टुंगो नभएपछि आइतबार परम्परा अनुसार अन्तिम संस्कार गरेका हौं ।’

सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । भाई मंगल शाहकाअनुसार दुबईमा पनि राम्रै तलब थियो । तर उनी तीन महिना अघि रुसी सेनामा भर्ना भएका थिए ।

नोभेम्बर २६ तारिखमा उनको रुसको सीमा क्षेत्रमा गोली लागेर मृत्यु भएको खबर उनका सहकर्मी कञ्चनपुरका रविन थापाले पठाएको शाहले बताए । ‘उनीसँग कुराकानी नभएको तीन हप्ता भइसकेको थियो, एक्कासी यस्तो खबर आयो,’ मंगलले भने ।

मृतक भरत घरका माइला हुन् । उनका कान्छा भाई मोहन मलेसियामा छन् भने दाजु उत्तम रोमानिया छन् । मृतक शाहका श्रीमति, चार वर्षको छोरा र तीन महिनाको छोरी रहेको मंगलले बताए । शाहको परिवार अछामको बान्नीगढी जयगढ नगरपालिका ६ दर्नाबाट टीकापुर बसाई सरेको हो । कान्तिपुरबाट