मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संगठित ठग र चोरहरुको डेरामा पिपरा प्रहरी पुग्दा जेजे भेटियो

संगठित ठग र चोरहरुको डेरामा पिपरा प्रहरी पुग्दा जेजे भेटियो

अपि टाइम्स

कपिलवस्तु । लागु पदार्थ दुव्र्यसनी र कारोबारीविरुद्ध मिसनमा लागेको इलाका प्रहरी कार्यालय पिपराले अन्ततहः ठुलो सफलता हात पारेको छ । लामोसमयदेखि चोरीबाट दिक्क भएका समुदायलाई ठुलो रातह दिने गरी संगठित चोर र ठगहरुकै डेरामा छिरेर प्रहरीले केहि ब्यक्ति ब्यक्तिलाई पक्राउ गर्न सफल भएको छ भने उनीहरुको साथबाट लागु पदार्थ, नगद, बाइक लगायतका सामान बरामद गर्न सफल भएको हो ।

प्रहरीका अनुसार ती संगठित अपराधिहरुले कपिलवस्तुका बिभिन्न क्षेत्रमा चोरी गर्ने र लागु औषध ओसार पसार गर्ने अड्डा नै बनाएर बसेका थिए । विशेष सुराकीको आधारमा उनीहरु लुकेकै स्थानमा पुगेर प्रहरीले सफलता हात पार्न सफल भएको मिसनका लिडर तथा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी नीरिक्षक गोपालजंग रायमाझीले जानकारी दिए । उनका अनुसार अनलाईन पढ्ने बहानामा बन्टी गाहा मगर भन्ने डम्बर बहादुर थापाको घरलाई चोरहरुले अखडा बनाएका थिए र प्रहरी त्यही घरमा गएर छापा मारेको थियो ।

पक्राउ पर्नेमा कपलिवस्तुको बाणगंगा नगरपालकिा वडा नं कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं.०२ गोबडिया बस्ने २८ को विनोद परियार, नवलपरासी देवचुली नगरपालिका वडा नं. २ बस्ने २३ को मुक्ती प्रसाद खनाल ,कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. २६ को विबेक थापा मगर , रुपन्देही सैनामैना नगरपालिका वडा नं. १२ बस्ने १८ को मनोज दर्जी , रुपन्देही सैनामैना नगरपालिका वडा नं. १२ बस्ने १८ को समिर परियार , कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ बस्ने ३३ को बिष्णु श्रेष्ठ लगाएत रहेका छन् । पक्राउ परेका सबै बिभिन्न संगठित अपराधमा संलग्न रहेको हुन सक्ने भएकाले उनीहरुमथि अनुसन्धान चलिरहेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार केके भए बरामद ?

रु.१,०००/- दरका नोट ३०८ ले जम्मा रकम रु.३,०८,०००/- ( तिन लाख आठ हजार ),रु.५००/- दरका १३ नोटले रकम रु.६,५००/- ( छ हजार पाँच सय ),रु.१००/- दरका ७ ले रकम रु.७००/- ( सात सय ),रु.५० दरका नोट १० ले रु.५००/- ( पाँच सय ),रु.२० का नोट २६ ले रु.५२०/- ( पाँच सय बिस ),रु.१० का नोट २३९ ले रु.२,३९०/- ( दुई हजार तिन सय नब्बे ),रु.५ दरको नोट ३३४ ले रु.१,६७० /- ( एक हजार छ सय सत्तरी) गरी जम्मा रकम रु.३,२०,२८०/- ( तिन लाख वीस हजार दुई सय असी ) नगद

सुन जस्तो देखिने वारेण्टीवाला सुन जस्तो पँहेलो ‘३ तोला ७७ लाल २ पोईन्ट’ भएको तिलहरी थान-२(दुई),४ तोला ७६ लाल ९ पोईन्ट भएको वाला थान-३ (तिन), १ तोला १५ लाल १ पोईन्टको सिरफुल थान-१(एक),४ तोला ६६ लाल ८ पोईन्टको चन्द्रमा थान-१ ( एक ), एक टुक्राउको छेउमा जलाएको जस्तो १ तोला ५६ लाल ९ पोईन्ट रहेको चुरा टुक्राहरु, १ तोला १८ लाल ९ पोईन्टको झुम्का थान-२ ( दुई ),३८ लाल ७ पोईन्टको पिन्जडा थान-२,१ तोला २२ लाल ७ पोईन्टको ब्रासलेटका टुक्रा थान-३ ( तिन ),१६ लाल ४ पोईन्टको दानावाला झुम्का थान-२ ( दुई )

सोहि झोलामा रहेको गुलावी रङको प्लाष्टिकको बट्टामा सुन जस्तो पँहेलो देखिने तत्काल सुन पसलमा लगि तौल गर्दा ६३.९ लालको भएको सिक्री थान-१(एक),माईली तिलहरी भनि खुलेको भित्र लाहा सहित २५८.५ लालको तिलहरी थान-१(एक),लाहा सहितको १०.३ लालको घण्टी माला थान-१(एक),छापे पत्थर सहितको पँहेलो पदार्थ निस्किएको जस्तो देखिने ३० लालको औठी थान-१बरामद भएको / भित्रबाट चाँदीको जस्तो देखिने तत्काल सुन पसलमा लगि तौल गर्दा १ तोला २१ लाल ९ पोईन्ट भएको चाँदीको जस्तो फोल्डिङ बाला थान-१( एक ),३ तोला ४८ लाल ७ पोईन्टको लेडिज पाउजु एक जोडी,२९.५ लालको खुट्टामा लगाउने विच्छी थान-१ चार्जरको डाटा सहितको स्मार्ट घडि थान-१