मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनएसएल फुटबलः इन्जुरी समयमा पोखरा भाग्यमानी

एनएसएल फुटबलः इन्जुरी समयमा पोखरा भाग्यमानी

अपि टाइम्स

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जितसँगै पोखरा थन्डर्स प्ले अफमा पुगेको छ ।

पोखराको ७ खेलबाट १४ अंक भएको छ र उ पहिलो स्थानमा उक्लिएको छ । पोखराले दोस्रो स्थानको धनगढीसँग खेल्न बाँकी छ । यो शुक्रबार हुने छ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले फाइनलमा पुग्ने क्वालिफायर खेल्नेछन् । त्यो क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को खेल खेल्न पाउनेछ ।

काठमाडौंको दशरथ रंगशालामा पोखरालाई जिताउन खेलको एक मात्र गोल मोसेस ग्याबाहले दोस्रो हाफको इन्जुरी समयमा गरे । आयुष घलानको पासमा उनले गोल गरेका थिए ।