मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाण पक्राउ भएलगत्तै तिन नेताबीच भेटवार्ता

खाण पक्राउ भएलगत्तै तिन नेताबीच भेटवार्ता

अपि टाइम्स

काठमाडौँ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज दिउँसो उनीहरूबीच छलफल भएको हो। ‘उहाँहरूबीच छलफल जारी छ,’ प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले भन्यो।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत पक्राउ परेका बेला नेताहरूबीच भेटवार्ता भएको हो।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीले भेटवार्तालाई तीव्रता दिएका छन्।