मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुश जलाएर रुपकको अन्त्येष्टि हुँदा जे भयो..!

कुश जलाएर रुपकको अन्त्येष्टि हुँदा जे भयो..!

अपि टाइम्स

कपिलवस्तु । रुस युक्रेन युद्धको क्रममा मारिएका कपिलवस्तुका रुपक कार्कीको कुस जलाएर अन्त्येष्टि गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ मन्द्रेलीटोल निवासी २४ वर्षीय रूपक काकीर्को युक्रेनी फौजको आक्रमणमा परेर केहि समयअघि ज्यान गएको थियो ।

ज्यान गएको एक महिनाभन्दा बढि भइसक्दा पनि शव नआएपछि कुश जलाएर शनिबार लक्ष्मणघाटमा रुपकको अन्त्येष्टि गरिएको हो ।
अन्त्येष्टिका क्रममा रुपकका बुबा मानबहादुरले कपाल खौरिएका थिए भने अंकलले कुसमा दागबत्ती दिएका थिए । यसक्रममा उनीहरुलाई सम्हाल्न हम्यहम्य भएको थियो । यो दृश्यले घाट गएका सबै स्तब्ध र भक्कानिएका वडा अध्यक्ष शारुले जानकारी दिए । उनका अनुसार अन्त्येष्टिमा दर्जनौँ मानिसको सहभागिता रहेको थियो ।

पिता मान बहादुरले आफ्नो अवस्था दयनीय रहेको बताउँदै सरकारबाट न्याय र सहयोगको याचना गरेका छन् । रुपकको परिवारलाई आफूले पनि सक्दो सहयोग गर्ने र थप आवश्यक सहयोगको लागि नगर र प्रदेशसम्म पहल गर्ने वडा अध्यक्ष शारुले बताए ।
रुपक २०७९ वैदेशिक रोजगारी र अध्ययनका लागि जेठ २५ गते काठमाडौंबाट उडेका उनी पछि रुसी सेनामा भर्ती भएका थिए । आफन्तको सहयोग र घरजग्गा बन्धकी राखेर रुपक रुस उडेका थिए । रुपक रुस जानको लागि ‘विपन्न परिवारका मान बहादुरको १० लाखभन्दा बढी त खर्च नै भएको थियो ।