मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फाइल अघि बढाउन घुस माग्ने त्यो पनि निडर भएर, अनि कुटिए

फाइल अघि बढाउन घुस माग्ने त्यो पनि निडर भएर, अनि कुटिए

अपि टाइम्स

कपिलवस्तु । भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका कार्यालय सहयोगी निरज कडेल कुटिएका छन्। लेखापढी व्यवसायी बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले शुक्रवार बिहान साढे ११ बजेतिर कडेललाई कुटेका हुन्।

कुटपिट गर्ने मिश्रा लेखापढी व्यवसायी दुर्गा पाण्डेयको सहयोगी कर्मचारीको हुन्। फाइल अघि बढाउन ढिलासुस्ती गरेको झोकमा मिश्राले कडेलाई कुटेको लेखापढी व्यवसायी बताउँछन्। कुटपिट पछि मिश्रा मोबाइल स्विच अफ गरी फरार भएका छन्। कुटपिटबाट कँडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ। ‘घुस माग्ने काम गर्दा पनि उनी सहज तरिकाले माग्छन् । उनी कत्ति लजाउँदैनन् । कँडेलले निडरै भएर घुस माग्ने गरेका छन् । लेखापढी ब्यवसायीको गुनासो छ ।

यता घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ। कार्यालयले मिश्रा विरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ। कुटपिट भएका कर्मचारी कँडेलको कार्यशैली प्रति अधिकांश लेखापढी व्यवसायी असन्तुष्ट रहेको दाबी छ। कुनै फाँटबाट अर्को फाँटमा फाइल पुर्‍याउँदा कँडेलले घुस माग्ने गरेको लेखापढी व्यवसायी बताउँछन्। कुनै कुरा चित्त नबुझे उजुरी दिन र आफूहरूलाई जानकारी गराउन सक्ने भए पनि कुटपिट गर्नु निन्दनीय कुरा भएको मालपोत अधिकृत टीका पौडेलले बताए।

कार्यालयका कर्मचारी माथि साङ्घातिक आक्रमण गर्ने व्यक्ति उपर कडा कारबाही भन्दा कडा कारबाहीको माग अगाडि बढाइने कार्यालयका प्रमुख मालपोत प्रमुख देवी बहादुर भण्डारीले बताए। मालपोतमा कर्मचारीहरुलाई अतिरिक्त पैसा नदिए फाइल अघि बढाउनै मुस्किल हुने गरेको सेवाग्राहीको गुनासो छ। मालमा लेखापढी र सेवाग्राहीले अतिरिक्त शुल्क दिने प्रथा अझै नहटेको सेवाग्राही बताउँछन्।