मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्जकबाट ब्यापारि बन्दै सपूत, मुटु कटक्कैमा विज्ञापनबापत कति लिए रकम ?

सर्जकबाट ब्यापारि बन्दै सपूत, मुटु कटक्कैमा विज्ञापनबापत कति लिए रकम ?

अपि टाइम्स

काठमाडौँ । गायक, मोडल तथा भिडियो निर्देशक प्रकाश सपुतका श्रृजनाहरु जतिबेला बजारमा आउँछन्, राम्रै चर्चा पाउँछन् । उसो त, प्रकाशका गीतसंगीत चल्नुको पछाडि अडियो मात्र नभएर भिडियोको पनि बलियो हात छ भनिन्छ । किनकी, भिडियोमा कुनै न कुनै विवादस्पद दृश्य राखेर सपुतले श्रृजना बेच्ने गरेका छन् ।

गीतसंगीत सुन्ने कुरा हो भन्ने उक्तिलाई सपुतका गीतले उल्टो साबित गरिदिएका छन् । सपुतका गीत सुन्ने भन्दा बढी हेर्नलायक हुने गरेका छन् ।

२ दिन अगाडि गायक सपुतले सार्वजनिक गरेको ‘मुटु कटक्कै’ बोलको गीत पनि अडियो भन्दा भिडियोमा शक्तिशाली छ । प्रकाश सपुतले भिडियोमा कुनै न कुनै नयाँ प्रयोग गर्छन्, जसले उनको गीतलाई चर्चामा ल्याउँछ ।

यो गीतको भिडियोमा प्रकाशको दोहोरो भूमिका छ । यस्तै, गीतमा मोडलको रुपमा कुसुम शर्माले काम गरेकी छिन् ।

प्रकाशको यो गीतले प्रेममा विछोड भएका युवाहरूका लागि रुने स्थानको खोजी गरेको छ । जसलाई एक पात्रले व्यापारको रुपमा अगाडि बढाएको देखिन्छ ।

तर, सपुतको श्रृजनालाई विज्ञापनले छोपिदिएको छ । उनले, गीतको भिडियोमा विज्ञापनलाई यसरी प्रयोग गरेका छन् कि, भिडियो हेर्दै गर्दा दर्शकलाई कही नै कतै यसले बिझाउँछ । अझ, भनौ चामलमा ढुंगा लागे जस्तै ।

गीत सुरु हुनु अगाडि विज्ञापन प्रयोग गर्नु त ठूलो कुरा भएन । तर, भिडियोका हरेक दृश्यमा सपुतले यसरी विज्ञापनलाई प्रयोग गरेका छन्, जुन हेर्दा सपुत सर्जक नभएर व्यापारी जस्तो लाग्छ ।

जसरी, भिडियोको कथामा सपुतले प्रेम बियोगको फाइदा उठाउँदै व्यापार गरेका छन्, त्यसरी नै उनले भिडियोमा विज्ञापनको भरपूर प्रयोग गर्दै श्रृजनालाई ओझेलमा पारिदिएका छन् ।

विज्ञापनलाई आफ्नो गीत संगीतसँग बेच्दा एउटा सर्जक, सर्जक नभएर व्यापारी जस्तो देखिन्छ । सपुतले यसपटक झनै आफूलाई सर्जक भन्दा व्यापारीको रुपमा परिभाषित गर्न खोजेको देखिन्छ । उनले ती विज्ञापनबापत् कति रकम लिए त्यो भने खुलेको छैन । अन्य संगितकर्मी र सर्जकहरु यस्तो कार्य गलत रहेको बताउँछन् ।