मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवा मार्दै १० लाख दिँदै, वाह ! प्रचण्ड सरकार क्या गज्जबको काम ?

युवा मार्दै १० लाख दिँदै, वाह ! प्रचण्ड सरकार क्या गज्जबको काम ?

अपि टाइम्स

काठमाडौँ । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवारलाई सरकारले दस लाख रूपैयाँ दिने निर्णय गरेको छ। शनिबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनअनुसार मृतक बरहथवा नगरपालिका–६ का जयशंकर साहको परिवारलाई राहतस्वरूप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिएको हो । सरकारको यो निर्णयसंगै धेरैले प्रधानमन्त्री प्रचण्डको आलोचना गर्न थालेका छन् ।

यसअघि बालकुमारीमा घटेको घटनामा सरकारको तर्फबाट मारिएका २ जनाको परिवारलाई पनि सरकारले दशदश लाख दिने निर्णय गरेको थियो । त्यसको आलो घाउ सेलाउन नपाउँदै फेरि सर्लाहीमा पनि गोली लागि एक युवकको मृत्यु भएको थियो । अहिले पनि सर्लाहीको अवस्था सामान्य नरहेको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए। मृतकको शव पोस्टमर्टम गरी घटनाको अनुसन्धान अगाडि बढाउने तयारी भइरहेको उनको भनाई छ ।

शुक्रबार प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा गोली चल्दा प्रदर्शनमा सहभागी नभएका साहको मृत्यु भएको थियो।

यता बाल कुमारी घटनामा दुई निर्दोश युवा मारिएपछि अझै युवाहरुको रिस साम्य हुन सकेको छैन । मुलुकमा रोजगारी पनि सिर्जना गर्न नसक्ने अनि विदेश काम गर्न जान्छु भन्नेहरुलाई पनि गोली हानेर मार्न थालेपछि दैनिक रुपमा काठमाडौँमा युवाहरुको प्रर्दशन भइरहेको छ ।

बाल कुमारी घटनापछि आन्दोलनमा रहेका कति युवालाई त प्रहरीले पक्राउ गरी छाडेको छ । तथापि आन्दोलन रोकिएको छैन । युवाहरुले अझै कडा आन्दोलन गर्ने बताइरहेका छन् । यस्तो अवस्थामा सर्लाहीमा फेरि प्रहरीको गोली लागेरै युवाको ज्यान गएपछि युवाहरु झन् आक्रोशित छन् ।

बालकुमारी घटनामा मारिएका युवाको न्यायको लागि आन्दोलनमा होमिएका डाक्टर निकोलस भुसालले युवा मार्दै १० लाख रुपैयाँ घोषणा गर्ने सरकारलाई धन्यबाद दिए । उनले अपिटाइम्सलाई भनेका छन् वाह प्रचण्ड सरकार, युवा मार्दै १० लाख रुपैयाँ दिँँदै क्या गज्जब काम ।
राजा, राणा र पञ्चायतमाकालमाभन्दा पनि वर्तमान सरकार निरंकुश रहेको भन्दै भुसालले अब युवाहरुको आन्दोलन नरोकिने चेतावनी दिए । निर्दोश जनतामाथि गोली चलाएर प्रचण्ड सरकारले जनयुद्धकालिन कहालिलाग्दो स्थितिको झल्को दिएको भन्दै भुसालले सच्चन चेतावनी दिए ।

मुलुकका बेथितिमाथि आवाज उठाउँदा अब पनि यस्तै धरपकड भए युवाहरुले सिंहदरबार घेर्ने उनको भनाई छ । प्रहरीको गोली लागेर पछिल्लो २ हप्ताभित्रै ३ जना युवाको ज्यान गइसकेको छ । जसका कारण प्रचण्ड सरकारमाथि ठुलो प्रश्न सोझिएको.छ । सरोकार वाला र अन्य राजनैतिक दलका नेताले पनि सरकारको यो कामको घोर विरोध गरिरहेका छन् । सरकारको यो कदमपछि सत्तासिन दल नै विभाजित छन् ।