मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा रास्वपाबाट भुसाल उम्मेदवार

कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षमा रास्वपाबाट भुसाल उम्मेदवार

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आगामी अधिवेशनमा वाणगंगाका ब्यवसायी रमेश चन्द्र भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने भएका छन् ।

समाचार श्रोतअनुसार भुसालसहित प्यानल नै चुनावमा जाने सहमति भएको छ । यद्यपी पार्टीमा अझै छलफल अझै बाँकी छ । यसअघि लक्ष्मण कँडेललाई अघि बढाउने चर्चा थियो ।
ब्यवसायका क्षेत्रमा अनुभवी र पढेलेखेका भएको हुनाले भुसालमा पार्टी पङ्ती एक ढिक्का रहन सक्ने बताइएको छ । अध्यक्षमा कँडेल पनि सम्भावनामा छन् ।भुसाल त्यस क्षेत्रमा प्राध्यापन र उद्योग ब्यवसाय दुवै क्षेत्रमा सक्रिय छन् । भुसालले पनि आफू अध्यक्षमा लड्ने भनाई राख्दै आएका थिए । तर पार्टी या स्वतन्त्र टुङ्गो थिएन ।

माघ २३ गते संघको अधिवेशन हुँदैछ । भुसालले भए सहमति र नभए चुनाव लड्न आफू तयार रहेको बताए । त्यसको लागि आफू छलफल र प्रचारप्रसारमा लागेको भुसालको भनाई छ ।

नेतृत्व पाए संघलाई अहिलेसम्मकै नमुना संघ बनाउने उनको उद्घोष छ । भुसाल बिभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छन् । नेपाल जेसिजको उनी कार्यकारिणी उपाध्यक्ष भइसकेका ब्यक्ति हुन् ।