मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनद्धारा बालगृह र विपन्न बस्तीमा सहयोग

रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनद्धारा बालगृह र विपन्न बस्तीमा सहयोग

अपि टाइम्स

सुनु पौडेल, बाग्लुङ । बाग्लुङस्थित रोटरी क्लव अफ बुर्तिबाङ ढोरपाटनले बालगृह र विपन्नलाई परिवारलाई न्यानो कपडा वितरण गरेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ६ खोरियाका ४० घरपरिवार र तमान खोला गाउँपालिका वडा नम्बर ३ को बालगृहमा बस्ने बालबालिकालाई क्लवले शुक्रबार र शनिबार न्यानो कपडा वितरण गरेको हो ।

क्लवका अध्यक्ष प्रेम पौडेलका अनुसार खोरियाका अति विपन्न ४० घर परिवारलाई एकएक थान गरी न्यानो फाइबरको सिरक र बालगृहमा रहेका २७ जना बालबालिकालाई पनि एकएक थान न्यानो फाइबरको सिरक, खाद्यान्ह, चामल, नुन, चाउचाउ र स्टेसनरीका सामाग्री वितरण गरिएको हो ।

अति विपन्न समुदाय र बालगृहको अवस्था पहिचान गरेर क्लवले सहयोग गरेको पौडेलले बताए । ढोरपाटन माउण्टेन बाइक एण्ड एडभेन्चरको सहयोगमा कार्यक्रम गरिएको बताउँदै अध्यक्ष पौडेलले एडभेन्चरका अध्यक्ष रविन्द्र न्यौपाने ‘गौतम’ लगायतलाई धन्यबाद दिए ।

न्यानो कपडा वितरण कार्यक्रममा तमान खोला गापा ३ का वडाअध्यक्ष झक बहादुर बुढा, धनगौ ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक रविन्द्र कुमार बुढाथोकी, स्वास्थ्य संयोजक केशव थापा, क्लवका पूर्व अध्यक्षहरु लगायतको सहभागिता थियो । क्लवले अन्य समयमा पनि बिभिन्न सामाजिक र मानवीय कार्य गर्दै आइरहेको छ ।