मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँगाउँमा बुद्धभूमिको वित्तीय साक्षरता अभियान

गाउँगाउँमा बुद्धभूमिको वित्तीय साक्षरता अभियान

अपि टाइम्स

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले गाउँगाउँमा वित्तीय साक्षरता अभियान सुरु गरेको छ। पालिकाले वडा नं १ वीरपुरबाट वित्तीय साक्षरता अभियान सुरु गरेको हो। नगर भित्रका युवाहरु विदेशी रहेको अवस्थामा उनीहरुको परिवारलाई पालिकाले वित्तीय साक्षरता अभियान अन्तर्गत कक्षा नै संचालन गरेको हो।

बिदेशमा जानेहरुलाई सचेत र साक्षरता प्रदान गर्ने उद्देश्यले त्यहा साक्षरता कक्षा संचालन गरिएको हो । नगरपालिकाले आफ्नै लगानीमा सो कक्षा संचालन गरेको हो ।
कक्षा संचालनको उद्घाटन गर्दै बुधभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले बिदेश जाने नागरिकहरुलाई लक्षित गरी कक्षा संचालन गरिएको बताए । उनले बिदेश जादाको प्रकृया, लाग्ने खर्च, मेनपावर कम्पनी, बिदेशमा काम गर्ने कम्पनी, तलब लगायतका कुरा समेत परिवारलाई समेत जानकारी हुुन पर्ने बताए । उनले बिदेशमा जादा धेरै कुराको जानकारी र बिचार गर्नु पर्ने बताए ।

सो अवसरमा सामी कार्यक्रमका जिल्ला संयोजक सुवास रेग्मीले रोगजारीका लागि बिदेश जाने नागरिकलाई त्यसको सम्पुर्ण प्रकृयाहरु बारे जानकारी हुने पर्ने बताए । उनले यो साक्षरता कक्षाले नागरिकहरुलाई धेरै कुराको जानकारी हुने बताए । बित्तिय साक्षरतको कक्षा हप्ताको एक दिन २ घन्टाका दरले २१ वटा पाठ संचालन हुने बताए ।

उनले २१ पाठहरुमा परिवार ब्यवस्थापन, बिपे्रष्ण, बचत ऋण, बजेट, बैदेशिक रोजगारी र घरेलु हिंसा लगायतका बिषयहरु छन । नगरपालिकाले वडा नं १ को वीरपुर संगै संगै अन्य ३ स्थानमा समेत यो कक्षा संचालन गरको छ । वडा नम्बर ८ को हरिहरपुर, वडा नम्बर ४ को बुढ्ढीमा कक्षा संचालन हुदै आएको छ ।