मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय सभाको लागि छनोट भएका माओवादी उम्मेदवार

राष्ट्रिय सभाको लागि छनोट भएका माओवादी उम्मेदवार

अपि टाइम्स

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘मोटामोटी नाम टुंगो लागेको छ । केहीबेरमा गठबन्धनको बैठक बस्छ । त्यसपछि अन्तिम रुप दिन्छौं ।’

अर्का एक पदाधिकारीका अनुसार कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्द उम्मेदवार हुनेछन् ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ । ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ ।