मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

अपि टाइम्स

काठमाण्डौ । नेपालमा पहिलो पटक कोभिड–१९ को ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट जेएन।वानको सङ्क्रमण पुष्टि भएको छ ।

जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन।वान को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । देशका विभिन्न भागहरूबाट सङ्कलन गरिएका १६ वटा पोजेटिभ नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पुस २२ गते गरेको पछिल्लो जिनोम सिक्वेन्सिङ प्रविधिबाट सात वटा नमुनामा ओमिक्रोनको सब भेरियन्ट जेएन।वान पुष्टि भएको हो ।

अहिले चीन, भारतलगायत विश्वका केही देशहरूमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएनवानको जोखिम बढिरहेकोले आवश्यक निगरानी एवम् सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयले जनाएको छ ।