मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६४ पछि पहिलोपटक रुपन्देहीमा राष्ट्रिय भलिबल, १० टिम सहभागि हुँदै

६४ पछि पहिलोपटक रुपन्देहीमा राष्ट्रिय भलिबल, १० टिम सहभागि हुँदै

अपि टाइम्स

काठमाडौँ । रुपन्देहीमा १६ बर्ष पछि राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवद्र्धन, नेपाल भलिबल संघको समन्वय र मणिमुकुन्द भलिबल क्लबको आयोजनामा माघ २६ देखि फागुन २ गतेसम्म नवौ संस्करणको मणिमुकुन्द कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको हो ।

प्रतियोगिताको विभिन्न उपसमिति गठन गरी परिचालन भएको बुधबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष लोकेन्द्र बहादुर भण्डारीले बताए । विसं २०६४ सालपछि लामो खडेरी तोडेर राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको उनले बताए । यसले गर्दा पनि यस क्षेत्रका खेलप्रेमीहरुलाई भलिबलका चाख मेटाउने उनले बताए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ गरी ३ विभागीय टिमसहित कोशी, मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेश गरी सातै प्रदेशका गरी १० टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, कप, मेडल प्रमाणपत्र, उपविजेता टिमले नगद १ लाख ५० हजार, रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी तृतीय टिमले नगद १ लाख तथा सान्त्वना टिमले नगद ५० हजार रुपैयाँ, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सर्भर, स्पाईकर, डिफेन्स, ब्लकर, सेटर, प्रशिक्षक तथा अनुशासित खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले भलिबल खेलको क्रेजलाई उचाईमा लैजान रुपन्देहीमा रहेका क्लबहरुको भलिबलको महत्वपूर्ण योगदान रहेको बताए । राष्ट्रिय प्रतियोगिता भएको हुदा पनि यसलाई सफल बनाउने गरि यहाका सबै खेलकुद संस्थाहरुको समन्वय जरुरी रहने उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका उपाध्यक्ष योग बहादुर गुरुङ, क्लबका सल्लाहकार टुक बहादुर क्षेत्री, जिल्ला अध्यक्ष सुरेन्द्र शाक्य, युवा परिषद लुम्बिनीका अध्यक्ष गोबिन्द केसी, खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकालले सबै क्षेत्रबाट सहयोग हुने बताए ।

एकैपटक २ हजार ५ सय जना दर्शकले सहज ढंगबाट हेर्न मिल्ने गरी प्याराफिट तयार गरिएको क्लबका सुदिप केसीले बताए । तिलोत्तमा नगरपालिका वडा नं २ स्थित खेलमैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न ३४ लाख ३० हजार रुपैया खर्च हुने अनुमान रहेको क्लबका संरक्षक तथा खेल संयोजक सुरेन्द्र गुरुङले बताए । प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई यातायात, खाना र बसोबासको समेत ब्यवस्थापन आयोजकबाट गरिएको उनले बताए ।

यसैगरी खेलाडीलाई १ लाख सम्मको दुर्घटना बिमा गरिएको उनले बताए । प्रतियोगिताको मुख्य प्रायोजकलाई ५ लाख तथा सहप्रायोजनको ३ लाख रुपैया तथा ब्यानरमा १५ हजार रुपैया तोकिएको उनले बताए ।

नेपाल पुलिस क्लबका भलिबल खेलाडी बाग्लुङ जिल्लाका आयुष्मा पुन स्वस्थ्य समस्या भई उपचारमा रहेको र कलेजो ट्रान्सप्रान्टको प्रक्रियामा रहेको हुदा १५ हजार रुपैया क्लबबाट सहयोग गरिएको बताए ।