मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सन्दिपको सजायविरुद्ध बाग्लुङका सांसदले लेखे ‘विदेशीहरूको इसारामा बली चढाइयो’

सन्दिपको सजायविरुद्ध बाग्लुङका सांसदले लेखे ‘विदेशीहरूको इसारामा बली चढाइयो’

अपि टाइम्स

पोखरा । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद र ३ लाख जरिवाना सुनाएपछि यसको पवरोध हुन थालेको छ ।

सामाजिक संजालमा सन्दिपमाथि न्याय नभएको भन्ने कतिपयको भनाइमा सहमति जनाउँदै एक जना सांसदले पनि सन्दिपमाथि अन्याय भएको बताएका छन् । किशोरी बलात्कार आरोप लागेका उनलाई बुधवार सजाय सुनाइएको हो ।

फैसलापछि गण्डकी प्रदेशका एक सांसदले सन्दिपलाई बलि चढाइएको बताए । सामाजिक संजालमार्फत् एक स्टाटस लेख्दै ‘बागलुङका सांसद कृष्ण पाठकले सन्दिपलाई फसाइएकोसमेत तर्क गरे । उनले लेखेका छन् ‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो’ ।

उनको स्ट्याटसमा कसैले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । पाठक एमालेको समानुपातिक सूचीबाट सांसद बनेका हुन् ।