मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालतको आदेश

बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालतको आदेश

अपि टाइम्स

काठमाडौं । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रोतले जनाएको छ ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको थियो ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको थियो ।