मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टरको विश्वास नगरी धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

डाक्टरको विश्वास नगरी धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो

अपि टाइम्स

डोटी । दीपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई व्यथा लागेपछि बिहीवार बेलुकी साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याएर । गर्भवतीको व्यथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन ।

पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा निराजन श्रेष्ठको टोली अपरेशनको तयारीमा जुट्यो । यता आमाले अस्पतालबाटै बुहारीको अपरेशनु गर्ने जानकारी भारतको दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष देउता, भूतप्रेत लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् ।

तत्काल अपरेशनु नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झाउने प्रयास गरे तर कोही तयार भएनन् । ‘आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ’, ‘डाक्टर निराजन श्रेष्ठले भन्नुभयो, तर उहाँहरू देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।’

गर्भवती महिलाको परिवार भोलिपल्ट बिहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुईरचार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिसक्छ, नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भयो ।

गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि ुअपरेशनु का लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह गर्‍यो । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा। श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गर्नुभयो । डा। श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै अपरेशनु का लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा अपरेशनका लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।

बिहान ९ बजे चिकित्सकको टोली अपरेशन को तयारीमा जुट्यो । अपरेशन अघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि भ्याक्युम डेलिभरीु मार्फत मृत बच्चा बाहिर निकालियो । यद्यपि समयमै ुअपरेशनु भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ ।

डा श्रेष्ठ अस्पतालमा आउने धेरैजसोले भूतप्रेत र देउता लागेको भन्दै उपचार गर्न नमान्ने गरेको बताउँछन् । हरेक हप्ता एकरदुई जना बिरामी यस्तै कुरा लिएर आउनुहुन्छ । कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्, उनले भने ।