मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तहः प्राधिकरणले जोड्ने भयो लाइन काटिएको उद्योगमा बिजुली

अन्तहः प्राधिकरणले जोड्ने भयो लाइन काटिएको उद्योगमा बिजुली

अपि टाइम्स

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणलले बिजुली आपूर्ति बन्द गरेका २३ वटा उद्योगमा फेरि बिजुली जोड्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विगतमा डेडिकेटेड फिडर र ट्रङ्क लाइनबाट बिजुल उपभोग गरेका तर त्यसबापत प्रिमियम महसुल नतिरेका २४ वटा उद्योगको बिजुली आपूर्ति बन्द गरेको थियो । तर सरकारको निर्देशनपछि महसुल नतिरिकनै लाइन जोड्ने निर्णय भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा आज बिहान बसेको सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको बिजुली लाइन फेरि सञ्चालन गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न शुरु गरेपछि लाइन जाडिएको थियो ।

मन्त्रिपरिषद्को अस्तिको बैठकले प्राधिकरण र उद्योगीहरूबीचको महसुल बक्यौताको विवाद समाधानका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव र उद्योग सचिव सदस्य रहेको जाँचबुझ समिति गठन गरेको थियो ।