मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन् जनआन्दोलनका घाइते ‘ज्यूँदो शहीद’ मुकेश कायस्थ

रहेनन् जनआन्दोलनका घाइते ‘ज्यूँदो शहीद’ मुकेश कायस्थ

अपि टाइम्स

काठमाण्डौ – जनआन्दोलन २०६२र६३ मा घाइते भएका ‘ज्यूँदो शहीद’ काभ्रेको बनेपाका मुकेश कायस्थको निधन भएको छ ।

उनको उपचारको क्रममा शिर मेमोरियल अस्पताल बनेपामा हिजो बेलुका निधन भएको हो ।

२०६२ साल चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय कायस्थ घाइते भएका थियो ।

मुकेशलाई सोमवार सास फेर्न गाह्रो भएपछि उपचारका लागि अस्पताल लगिएको र उपचारकै क्रममा निधन भएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए ।

सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक दुई लाख ५४ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एक जना अनमिको लागि वार्षिक तीन लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो ।