मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँका स्कुलमा सुरु भएको एउटा कार्यक्रम ‘हिलवर्ट’मा पनि

काठमाडौँका स्कुलमा सुरु भएको एउटा कार्यक्रम ‘हिलवर्ट’मा पनि

अपि टाइम्स

कपिलवस्तु । काठमाण्डौँ महानगर प्रमुख बालेन्द्र शाहले मातहतका विद्यालयमा गरेको एक कार्यक्रमको शैलीमा कपिलवस्तुको एउटा संस्थागत विद्यालय पनि हिँडेको छ । वाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको हिलबर्ट ईङ्गलीस बोर्डिङ्ग स्कुलले यस्तो कार्यक्रमको सुरु गरेको हो ।

विद्यालयले सुरु गरेको कार्यक्रम ‘क्रियाकलापमा आधारित सिकाई कार्यशाला’ हो । काठमाडौँका मेयर बालेन्द्र शाहले काठमाण्डौँका सामुदायिक विद्यालयलाई केन्द्रित गरी सिकाइमा आधारित र सिप विकास गर्ने खालका गतिविधि गरिरहेका छन् । बालेनले त्यहाँ हरेक शुक्रबार यस्तो कार्यक्रम गर्न भनेका छन् ।

सोहि अनुसार रुपन्देहीको कुवरवर्ति विद्यालयका शिक्षक शिक्षिकाहरुलाई पनि संगै राखेर हिलवर्टमै दुई दिने कार्यशाला सुरु गरेको विद्यालयले जनाएको छ ।

क्रियाकलाप मैत्री अर्गानिक नेपालका प्रमुख कार्यकारी अधिकृत अर्जुन भट्ट र वरिष्ट मन्टेश्वरी प्रशिक्षक कमला देवकोटाले दुई दिन कार्यशालाको सहजिकरण गर्नेछन् ।

कार्यशालाको पहिलो दिन सिक्षण सिकाई क्रियाकलाप सुरु गर्नुपुर्व विद्यार्थीहरुको ध्यानलाई एकत्रित गर्ने तरिका लगायतका विषयमा प्रशिक्षित गरिएको छ भने दोश्रो दिन पनि यस्तै खाले रचनात्मक कार्यक्रम हुनेछ ।

उनीहरुका अनुसार विभिन्न प्रयोगात्मक शैक्षिक सामग्री सहित प्रशिक्षण दिईएको छ । जसबाट विद्यार्थीहरुले गरेर सिक्ने मान्यतामा धेरै सिकाइ उपलब्धि हासिल गर्नेछन् । स्कुलका प्रबन्ध निर्देशक बुद्धि पौडेलले यस्तो कार्यशाला कपिलवस्तुमा पहिलोपटक भएको बताए । उनका अनुसार कार्यशालामा दुवै विद्यालयका १ सय बढि शिक्षकशिक्षिका र शैक्षिक ब्यक्तिहरुको सहभागिता छ ।

विद्यालयका अध्यक्ष दिपक खनालले विद्यार्थीलाई अब अघि बढाउने परीक्षा लिने दिने कार्यले मात्र सम्भव नरहेकाले बिभिन्न अतिरिक्त कार्य गर्न जरुरी रहेको बताए । उनी भन्छन् विद्यार्थीमा अनेक विलक्षण प्रतिभा छन् यसको उजागरणको लागि घोकन्त विद्याले मात्र काम गर्दैन । यस कार्यशालाले विद्यार्थीमा नयाँ उत्साह प्रदान गर्नेमा विश्वस्त छु । खनालले काठमाडौँमा यस्तो कार्यशालाको सुरुवात भएको थाहा पाएपछि आफूले पनि यस्तो परिकल्पना गरेको बताए ।

वाणगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले कार्यशालाको उद्घाटन गरेका थिए ।
उनले पनि काठमाडौंमा मेयर बालेनको उदाहरण दिँदै जीवनोपयोगी सिप विकासका लागि शुक्रबारलाई प्रयोग गर्दा अझ राम्रो हुने भनाइ राखेका थिए ।

प्रिन्सिपल शिव कुमार पोख्रेलले सम्भव भएसम्म यस्ता कार्य हरेक शुक्रबार भइरहने जानकारी दिए । कार्यक्रममा विद्यालय व्यस्थापन समिति सदस्य यादव मरासिनि, कुवरवर्ती विद्यालयका व्यवस्थापन समिति सदस्य कुल प्रसाद पौडेल, मावि तह संयोजक सन्तोष खनाल लगायतको सहभागिता थियो । कार्यक्रमको संचालन नेपाली विषय विभाग प्रमुख तेज प्रसाद आचार्यले गरेका थिए ।