मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल एच.वानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल एच.वानको अभिमुखीकरण कार्यक्रम सम्पन्न

अपि टाइम्स

काठमाडौँ । नेपालको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको संस्था नेपाल एच वान फिटनेस (कोरियन थर्मल थेरापी) प्रालीको अभिमुखीकरण कार्यक्रम काठमाण्डौँमा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश बाहिरका जिल्लाका सेन्टरका संचालक र कर्मचारीलाई केन्द्रित गरी अभिमुखीकरण तालिमको आयोजना गरिएको थियो ।

करिब सय जना सहभागि तालिममा एच वानका अध्यक्ष जनक भुसालले उत्प्रेरणा शीर्षकमा अभिमुखीकरण गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सुनिल श्रेष्ठले कमपनीको मेसिनको बारेमा जानकारी दिएका थिए । यस्तै कम्पनीका जनरल म्यानेजर कोमल प्रसाद खनालले सेन्टर संचालनका बारेमा जानकारी गराएका थिए ।

सतुङ्गल एच वानका राजन भण्डारीले कम्पनीमा आवद्ध भएपछिको अवस्थाको बारेमा खुसी साटेको कार्यक्रममा
बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो ।