मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने मेरो लक्ष्य पूरा हुन सकेनः प्रचण्ड

पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने मेरो लक्ष्य पूरा हुन सकेनः प्रचण्ड

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरेका छन् ।

नेपाल मगर संघले सोमबार माघी पर्वको अवसर पारेर काठमाडौँको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू सोचेजस्तो सफल हुन अझै नसकेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले पूर्वी नेपाललाई किराँत प्रदेश बनाउने आफ्नो लक्ष्य पनि निर्वाचनमा पार्टीको हैसियत कमजोर हुँदा पूरा हुन नसकेको बताए । उनले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति बनाउने मागप्रति आफू सहमत रहेको उल्लेख गर्दै त्यसमा पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताका विरुद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाहरुको पनि सम्मान हुने भएकाले पनि नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्ने कुरामा आफूले पहल गरिरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

उनले भने, ‘म जति सफल हुनुपर्ने हो, अझै भएको छैन । यो कुरा साँचो हो । मैले पूर्वलाई किराँत प्रदेश बनाउनु पर्छ भनेर अन्तिमसम्म प्रयास गरेकै हो । मैले निर्वाचनको क्रममा पनि किराँत भनेको एउटा जातिको मात्रै कुरा होइन । एउटा इतिहास, सभ्यता र संस्कृतिको कुरा हो भनेकै थिए ।

तर दुर्भाग्य हाम्रो पार्टी निर्णय गर्नै हैसियतमा चुनावबाट आउन सकेन । परिणाम तपाई हामीले भोगिराखेकै छौं । त्यसकारण यो ऐतिहासिक सन्दर्भमा पनि तपाईँहरू सबैसँग अपिल गर्न चाहन्छु–जसले यो परिवर्तन ल्याउनका लागि सबैभन्दा बढी बलिदान ग¥यो, जसले यसको नेतृत्व ग¥यो, त्यसको हात बलियो भएन भने दुर्भाग्यपूर्ण स्थिति आउन सक्दो रहेछ ।’

प्रधानमन्त्री प्रचण्डले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको कामलाई सरकारले राष्ट्रिय कार्यभारको रुपमा अघि बढाएको पनि बताए ।