मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनः माओवादीमा फर्किए टोप बहादुर रायमाझीका विश्वास पात्र खड्का

पुनः माओवादीमा फर्किए टोप बहादुर रायमाझीका विश्वास पात्र खड्का

अपि टाइम्स

अर्घाखाँची । तत्कालिन नेकपा विभाजन हुँदा टोपबहादुर रायमाझीसँगै एमालेमा रहेका चन्द्रबहादुर खड्का (उज्ज्वल) पुनः माओवादी केन्द्रमै फर्किएका छन् ।

एमालेमा पूर्व केन्द्रीय सदस्य र जिल्ला इन्चार्जसमेत रहिसकेका उनी सोमबार माओवादी केन्द्रमै फर्किएका हुन् । खड्का एमालेका निलम्बित केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य रायमाझीका विश्वासपत्र हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी जेल परेपछि पूर्वराष्ट्रियसभा सदस्य समेत रहेका खड्का माओवादीमै फर्किएका हुन् । सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीले गरेको कार्यक्रमलाई सम्बोधन गर्न आएका माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले खड्कालाई पार्टी प्रवेश गराएका हुन् ।

आफूसँगै एमालेमा रहेका खड्कालाई रायमाझीले पाटीको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको जिम्मेवारीमा राखेका थिए । पार्टी एकताअघि माओवादीमा युद्धकाल देखि नै लामो समय जिल्ला सेक्रेटरी हुँदै इन्चार्ज रहेका खड्का नेकपा विभाजन भएपछि रायमाझीसँगै एमालेमा लागेका थिए ।