मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाको केन्द्रीय समिति बैठकले गरेका ५ निर्णयमा केके छन् ?

रास्वपाको केन्द्रीय समिति बैठकले गरेका ५ निर्णयमा केके छन् ?

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बसेको केन्द्रीय समितिको बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ ।

जसअनुसार पार्टीको आर्थिक नियमावली, प्रशासनिक नियमावली, विभागहरुको कार्य सञ्चालन नियमावली र तहगत समितिका पार्टी सदस्यले पालना गर्नुपर्ने आचारसंहिता पारित गरेको उपसभापति डीपी अर्यालले जानकारी दिए ।

यस्तै केन्द्रीय सदस्य डा प्रभात अधिकारीलाई नव प्रवर्तन तथा स्टार्टअप विभागको प्रमुखमा नियुक्त गरिएको उनको भनाइ छ ।

यसबाहेक केन्द्रीय विभागहरुलाई आफ्नो नियमित जिम्मेवारीसहित प्राथमिकतामा सम्पादन गर्नुपर्ने काम तोकिएको प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभागहरुको कामको सूची अनुसूची—१ अनुसार हुने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी सहकारी र लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न नीतिगत उपाय र योजनाबारे अर्थ नीति विभागले तयार गरेको प्रारम्भिक प्रतिवेदनका मुख्य बुँदाहरु उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले जानकारी गराएका थिए । माघ १५ सम्म पूर्ण प्रतिवेदन तयार गरी पीडितको पक्षमा तुरुन्तै र आउँदो संसद् अधिवेशनमा रास्वपाले जोडदार आवाज उठाउने निर्णय गरिएको जनाइएको छ ।

यस्तै भौतिक विकासका रुग्ण र अलपत्र परेका आयोजनाबारे सरकारको ध्यानाकर्षण गराउन दबाबमूलक कार्यक्रम गर्ने निर्णय भएको गरिएको छ । त्यस्ता आयोजनाहरुबारे थप अध्ययन गरी कार्यक्रमको सम्भावित प्रारुप र मितिसमेत प्रस्ताव गर्न एक कार्यदल गठन गरिएको रास्वपाले जनाएको छ ।