मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुख्याचा गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही होः ओली

बुख्याचा गठबन्धनको गोत्र निकम्मा र जात देशद्रोही होः ओली

अपि टाइम्स

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन पनि ०८४ कुर्न नसक्ने अवस्था आएको बताए । उनले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए । उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपा एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । उनले मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको बताए ।

उनले भने, ‘हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ । खेलकुद क्षेत्रमा पनि हामीले ५१ प्रतिशत भन्दा बढी खेलाडी हाम्रो पक्षमै पार्नेछौँ । हाम्रो पक्षमा उत्पादन गरेको हुनुपर्छ । हाम्रो पक्षमा बढाएको हुनुपर्छ । हामी खेल मात्रै खेल्दैनौँ । अरु पोल्टिकल काम अरु संगठनमा पनि आवद्ध छौँ । हामी वर्ग संघर्षमा छौं ।

उनले वर्तमान सरकार साना साना अंक जोडेर सबै मिलेर सरकार बनाएको बताउँदै सरकार तरकारी बारीको बुख्याचा जस्तो भएको आरोप लगाए । ुकेही गर्ने होइन त्यसले । त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके यो बुख्याचा हो भनेर । यो खासै केही होइन, कही गर्न सक्दैन्न भन्ने चिनिसके । त्यस्तो बुख्याचा, निकम्मा सरकार छ, ओलीले भने, निकम्भामात्रै भइदिएको भए हुन्थ्यो, भ्रष्टाचार र भ्रष्टाचारको संरक्षण, तस्करी, त्यसको संरक्षण, कमिसनखोरी त्यसको संरक्षण, आयोजक र संरक्षण । यस स्थितिमा हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बर्बाद भयो भने मिसन ०८४, ८४ को चुनाव भनेर पर्खिएर हुँदैन ।

अध्यक्ष ओलीले वर्तमा सत्ता गठबन्धन नेताहरु घाँटीमात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताए । उनले भने, यिनीहरुको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरुको घाँटी मात्रै होइन सिंगो शरीर जोडिएको छ । यी एकै वंशका, एकै नश्लका हुन् । यी भ्रष्टाचारी, कमिसनतन्त्रीय वंशाका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो । एकै खालका हुन् । त्यसकारण एकै ठाउँमा बस्छन् ।’कान्तिपुरबाट