मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सचिव अर्यालले भनिन् मुलुकभरको व्यवसायीक क्षेत्र तहसनहस भयो

एमाले सचिव अर्यालले भनिन् मुलुकभरको व्यवसायीक क्षेत्र तहसनहस भयो

अपि टाइम्स

कपिलवस्तु । नेकपा (एमाले) सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज पदमा कुमारी अर्यालले व्यवसायीक क्षेत्र तहसनहस भएको बताएकी छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुको प्रथम अधिवशेनलाई सम्बोधन गर्दै अर्यालले दिन प्रतिदिन उद्योग क्षेत्र तहसनहस भएपछि व्यवसायीहरु पलायन भईरहेको बताएकी हुन् ।

करिव आधा व्यवसायीहरु बन्द अवस्थामा रहेको बताउँदै ती व्यवसायीहरुको हितमा नेपाल उद्योग तथा व्यवसायी महासंघले कार्य गर्नुपर्ने उनले बताइन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय सचिव बालाराम भट्राई, लुम्बिनी प्रदेश अध्यक्ष माधव प्रसाद नेपाल लगायतले बोल्दै बर्तमान अवस्थामा व्यवसायीहरु धरासयी भएको अवस्थामा बैंकहरुले ब्याजदर घटाई उद्योगी व्यवयसायीहरुलाई सहजिकरण गर्न आवश्यक रहेकोबताए ।

कार्यक्रममा संघीय सांसद बलराम अधिकारी, एमाले केन्द्रिय सदस्य गिरधारीलाल न्यौपाने, लुम्बिनी प्रदेश सभा सांसद बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल लगायतले धारणा राखेका थिए ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको अध्यक्षता, उपाध्यक्ष कृष्ण गैरेको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन सचिव कुशल पौडेलेले गरेका थिए ।

त्यस्तै नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम अधिवशेनबाट रबिन्द्र पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण गैरे र बिष्णु पाण्डे, सचिवमा दिपक सापकोटा, उप सचिवमा मनु रसाईली र बालिका बुढाथोकी, कोषाध्यक्षमा धुर्व भुसाल, सहकोषाध्यक्षमा शान्ता अधिकारी सर्वसम्मत चयन हुनुभएको छ भने अन्य सदस्यमा रहनुभएको छ ।