मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

र अध्यक्षको दौडबाट पछि हटे रुक बहादुर, यस्तो छ कारण

र अध्यक्षको दौडबाट पछि हटे रुक बहादुर, यस्तो छ कारण

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
काठमाडौँ । कपिलवस्तु उद्योग वाणिज्य संघको अध्यक्षबाट रुक बहादुर भुसाल पछि हटेका छन् । संघको अधिवेशनको मिति नजिकिँदै गर्दा पूर्व वरिष्ठ उपाध्यक्ष रहेका भुसाल अध्यक्षको दौडबाट पछि हटेका हुन् । चुनाव लडेर या सर्वसम्म्त दुवै बाटोबाट अध्यक्ष बनेरै छोड्ने ढिपी कसेका भुसाल पछि हटेपछि संघको आगामी अध्यक्ष चयन थप रोचक बन्न पुगेको छ ।

स्वास्थ्यको कारण देखाउँदै भुसाल अध्यक्षबाट पछि हटेको विश्वस्त श्रोतले अपिटाइम्सलाई बतायो । अरु कुनै कारण नभई स्वास्थ्य अवस्थाको फलोअपको लागि दिल्लीसम्म पुग्नुपर्ने लगायतको अवस्था आएपछि भुसाल ब्याक भएको उक्त श्रोतले बतायो । भुसालले पार्टीले अघि सार्ने या सर्वसम्मत हुनसक्ने जुनसुकै ब्यक्तिलाई सहयोग गर्ने बताएका श्रोत बताउँछ ।

भुसाल पछि हटेपछि काँग्रेसबाट अब अध्यक्षको दौडमा को आउँछ त्यो अझै निश्चित भएको छैन । अहिलेसम्म चर्चामा अब २ जना मात्रै छन् । एमालेबाट मोहन न्यौपाने र माओवादीका टोपनारायण बेलबासे । काँग्रेस भित्रकै कतिपयले अग्रजको हिसाबले बेलबासेलाई सहयोग गरेर अघि जाने बताउने गरेका छन् भने पूर्वअध्यक्ष लगायतको काँग्रेसको एक तप्काले अर्को उम्मेदवार अघि सार्नुपर्ने बताउने गरेका छन् । बेलबासेलाई सर्वसम्मत बनाउने प्रयासमा पूर्व अध्यक्ष पनि बाँडिएको श्रोत बताउँछ । यता बेलबासे र न्यौपाने घनिष्ट मित्र रहेकाले बलेबासे अघि सर्दा न्यौपाने ब्याक हुन सक्ने सम्भावना पनि रहेको छ ।

यता बेलबासे आवद्ध रहेको उद्योग ब्यापार संघ कपिलवस्तुले बेलबासेमाथि नै भाँजो हाल्ने प्रयास गरेको खण्डमा बेलबासेलाई नैतिक संकट उत्पन्न हुने स्थिति देखिन्छ । पहिले आफ्नै सक्रियतामा संघ निर्माण गरेर अहिले छोडेमा बेलबासेबाट धोका हुने भएकाले आफूहरुको सहयोग नहुने समाचार श्रोत बताउँछ ।

यता रास्वपाबाट पनि २ जनाको नाम चर्चामा छ । लक्ष्मी कँडेल र रमेशचन्द्र भुसालमध्येबाट पार्टीले कसलाई आधिकारिक रुपमा अघि सार्छ टुङ्गो छैन । एमालेबाटै अध्यक्षमा चर्चामा आएका पूर्व वडा अध्यक्ष गुणनिधि भुसाल अहिले निस्क्रियजस्तो देखिएका छन् । अधिकांस ब्यवसायीको सोच चुनाव नगराई सर्वसम्मत अध्यक्ष बनाउनु पर्ने रहेको छ । संघको १६ औँ बार्षिक साधारण सभा तथा आठौँ अधिवेशन माघ २३ गते हुँदैछ ।