मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघ ८ गते कपिलवस्तुका २ पालिकाभित्र काटमार र मदिरा निशेध

माघ ८ गते कपिलवस्तुका २ पालिकाभित्र काटमार र मदिरा निशेध

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तुका २ पालिकाले आगामी सोमबार मातहतमा काटमार निशेध हुने बताएका छन् । कृष्णनगर नगरपालिका र शुद्धोधन गाउँपालिकाले सोमबार पालिकाभित्र काटमार नगर्न सुचनामार्फत् नै अपिल गरेका छन् ।

सुचनामा उनीहरुले भनेका छन् ‘सो दिन कुनैपनि पशुपन्छी, जीवको वध, मदिरा, माछा मासिको बिक्री वितरण नगर्न अनुरोध गर्दछौँ ‘। नगरपालिकाको नियम पालना गर्न कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहले सबैमा आग्रह गरे । नियम उलंघन गर्नेमाथि कारबाही हुने उनले बताएका छन् ।

यहि ८ गते सोमबार भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम रहेको जनाउँदै रामको विवाह नेपालकी छोरी सीतसँग भएकाले सो दिन उक्त कार्य नगर्न ती पालिकाले अनुरोध गरेका हुन् ।

उक्त दिन पालिकाका अति आवश्यकबाहेकका सेवा तथा शैक्षिक संस्थाहरुमा बिदा दिएको समाचार छ ।