मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जेसीआई कपिलबस्तुको अध्यक्षमा पौडेल, पाण्डे कानुनी सल्लाहाकार

जेसीआई कपिलबस्तुको अध्यक्षमा पौडेल, पाण्डे कानुनी सल्लाहाकार

अपि टाइम्स

काठमाडौँ । जेसिआई कपिलवस्तको अध्यक्षमा प्रविन पौडेल चयन भएका छन् । बर्ष २०२४ को लागि उनलाई सर्वसम्मत रुपमा शाखाको १४ औँ अध्यक्ष चयन गरिएको हो ।

जेसिआई कार्यकारिणी उपाध्यक्षद्धयमा सन्तोष पाण्डे र मिन बहादुर थापा, उपाध्यक्षहरुमा किरण घिमिरे, राजन अर्याल, खिमानन्द घिमिरे, मदन अर्याल मनोनित भए । जेसिजको महासचिवमा भने जनक प्रसाद बेलबासे सर्वसम्मत भएका बताइएको छ । यस्तै कानुनि सल्लाहकारमा सुनिल पाण्डे सर्वसम्मत हुँदा कोषाध्यक्षमा झविन्द्र खनाल चयन भए ।

केहि समयपछि मनोनित सबैले एक समारोहकाबीच पद तथा गोपनियताको सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ । जेसिजले लामो समयदेखि सामाजिक तथा मानवीय सेवामा काम गरिरहेको छ भने युवाहरुमा क्षमता वृद्धि लगायतका काम पनि गरिरहेको छ । पौडेलले आफूलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्न भूमिका खेल्ने सबैलाई धन्यबाद दिए। यसअघि अमृत घिमिरे अध्यक्ष थिए ।